उमाकुण्डमा चौथो बालकला साहित्य महोत्सव सम्पन्न

रामेछाप । उमाकुण्डमा चौथो बाल कला साहित्य महोत्सव सम्पन्न भएको छ ।  सिद्धेश्वर र चण्डेश्वरी माध्यमिक विद्यालयले उमाकुण्ड गाउँपालिका,चल्डएड नेटवर्क र ज्ञानभण्डार सार्वजनिक पुस्तकालयको सहकार्यमा महोत्सव गरिएको हो ।

फागुन २९  गते सिद्धेश्वर माध्यमिक  विद्यालय बाम्ती र हिजो ३० गते चण्डेश्वरी माध्यमिक विद्यालय प्रितीको प्रङगणमा उमाकुण्ड बाल कला–साहित्य महोत्सव २०७९ संञ्चालन भएको थियो । दुई दिन सम्म चलेको महोत्सवमा उमाकुण्ड भित्रका ४४ वटा विद्यालयका करिब दुई हजार बालबालिका तथा शिक्षक शिक्षिकाहरुको सहभागिता  रहेका थिए  ।

बालबालिकाहरुमा सिर्जनात्मक पठन संस्कृतिको विकास गराउने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई छ ।

बालबालिकाहरुमा सिर्जनात्मक पठन संस्कृति र कलाको विविध पक्षहरुको समिश्रित शिक्षण प्रविधि र प्रक्रियाको विकास गराउनाले पहिचान सहितको आत्मनिर्भरता, समय सापेक्षित विचारसहितको तार्किक क्षमता, मौलिक सिर्जनात्मकता तथा शैक्षिक क्षेत्रको आम विकासमा सहयोग पुग्ने भएकोले महोत्सवको आयोजना गरिएको आयोजक समितिले बताएका छन् ।

तस्बिर : शिक्षा शाखा

महोत्सवमा प्राध्यापक, चित्रकार, नाटककार तथा साहित्यकारबाट कला–साहित्यका विभिन्न विधामा कार्यशालाहरु सञ्चालन गरिएको  थियो ।

महोत्सवको मुख्य आकर्षकका रुपमा  नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति के।के। कर्माचार्य, बाल वाङमय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधान, उपाध्यक्ष विजय राज आचार्य, रुम टु रिडको अनन्त वाग्ले, त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डाक्टर भवानी प्रसाद पाण्डे, पत्रकार तथा बाल साहित्यकार नेत्र तामाङ, सुपरिचित कार्टुनिष्ट रबिन्द्र मानन्धर, अन्तराष्ट्रिय कविता लेखक संघका राम कुमार पाण्ड,े बालसाहित्यकार नाटककार तथा चित्रकार शान्ति सापकोटा, केशरी अम्गाई, सुमन केसी, प्रध्यापक डा। रमेश प्रसाद भट्टराई, विति महर, अनिल श्रेष्ठ, सारा तुनिचा कोईच, सतिश अर्याल, प्रशंसा राई, तिर्थमान महर्जन, छिमेकी देश भारत र बंगलादेशका साहित्यकारहरू अजित पेत्रा, मानिक पण्डित, हुमायुन कबिर ढाली सुजन वरुवा वानाईजा रहमान मोल्ला मिजानूर लगायत अन्य साहित्यकारहरु सहभागी रहने छन् ।

महोत्सवमा २९ र ३० गते बिहान ११ः०० बजेबाट दिउँसो ५स्०० बजेसम्म बाल कला–साहित्यसम्बन्धी प्यानल डिस्कसन, शिक्षण सिकाई प्रभावकारिता विषयमा कार्यशाला, कथा लेखन र वाचन, कविता तथा मुक्तक, गजल लेखन, कला प्रदर्शनी, नाटक मञ्चन र कार्यशाला, पुस्तकमा आधारित रहेका क्रियाकलाप, पुस्तक प्रदर्शनी, पठन संस्कृति र बाल कला–साहित्यसम्बन्धी अन्तरक्रिया, सङ्गीत साथै पुस्ताक विमोचन रहेका छन् ।

महोत्सव सिद्धेश्वर माध्यमिक विद्यालयमा चौथो चण्डेश्वरी माध्यमिक विद्यालयमा पहिलो संस्कारण रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित