युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

उमाकुण्डमा शिक्षकलाई दुई दिने क्षमता विकास तालिम सम्पन्न

by
२०७९ चैत्र १३, सोमबार २०:२८
in शिक्षा
0
उमाकुण्डमा शिक्षकलाई दुई दिने क्षमता विकास तालिम सम्पन्न

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाद्वारा आधारभूत तथा माध्यमिक विद्यालय तहका शिक्षकहरूका लागि दुई  दिने पेशागत क्षमता विकास तालिम सम्पन्न गरिएको छ । उमाकुण्ड गाउँपलिकाका आधारभूत तथा माध्यामिक विद्यालयमा कार्यरत प्रत्येक विद्यालयका दुई दुई जना शिक्षकका लागि तालिम प्रदान गरीएको थियोे ।तस्बिर : शिक्षा शाखा

गाउँपालिकाले विद्यालयहरुलाई प्रबिधिमैत्री र बाल मैत्री सहित शैक्षिक गुणस्तर अभिवृद्धि गराउन यसअघि लिइएको लक्ष्य अनुसार उमाकुण्डका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई पेशागत क्षमता विकास गर्न गाउँपालिकाको आर्थिक वर्ष  २०७९/०८० को स्वीकृत कार्यक्रम अनुसार तालिमको आयोजना गरिएको हो ।

कक्षाको सहजीकरण गर्दै प्रशिक्षक आकाश सुनुवारले एकीकृत पाठ्यक्रम आधारभूत तह अन्तर्गत कक्षा १ देखि ३ को पाठ्यक्रमको समग्र संरचनालाई सेरोफेरो, गणित र भाषा अन्तर्गत नेपाली र अङ्ग्रेजी गरी चार विषय क्षेत्रमा समायोजन गरी बहुविषयक र केही विषयगत क्षेत्रमा सङ्गठित गरिएको बताए । संरचनागत रूपमा गणित र भाषा विषयहरू बहुविषयक ढाँचामा निर्मित छन् । सिकाइ उपलब्धि तथा विषयवस्तुहरू अन्तरसम्बन्धित थिममा आधारित छन् भने सेरोफेरोमा समावेश भएका विषयहरूलाई अन्तरविषयक ढाँचामा एकीकृत गरिएको हुँदा उक्त विषयक्षेत्रको शिक्षण सिकाइ क्रियाकलाप एकीकृत रूपमा सञ्चालन गर्नुपर्ने सुनुवारले बताए ।

तस्बिर : शिक्षा शाखा्

सिद्धेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल प्रसाद त्रिपाठीले विभिन्न विषयगत ज्ञान र सीपहरुलाई एकिकृत रुपमा सिकाउन सकिने गरी दुई वा दुई भन्दा बढी विषयहरुको संयोजन गरी तयार गरिएको एक अर्को विषय बिचको उद्देश्यहरुसँगै मिलाएर सिकाउन सकिने पाठ्यक्रम एकीकृत पाठ्यक्रम भएको बताए । बहु विषयक र अन्तर विषयक ढाँचामा तयार गरिएका यस पाठ्यक्रम केवल प्रारूपमा मात्र नयाँ नभएर शैक्षणिक रूपान्तरण नै भएकोले यसको कार्यान्वयनमा साझा प्रयास अपरिहार्य रहेको उनको भनाई थियो ।
अहिलेको एकीकृत पाठ्यक्रमले तोकिएको सबै विषयका विषयबस्तु तथा क्षेत्रमा साझा थिम निर्माण गरेको छ । विद्यार्थीका दैनिक जीवनका यथार्थ समस्या समाधान गर्न सहयोग पु¥याउन सोचाई सिप, वैयक्तिक सीपहरु, अन्तरवैयक्तिक सिपहरु, सूचना प्रविधि तथा बहुसाक्षरता सिपहरु र नागरिक सिप पाँच क्षेत्रमा २९ वटा ब्यवहार कुशल सीपहरू रहेको उनले बताएका छन् ।

विषयगत रुपमा एकीकृत गरेर तोकिएका सिकाइ उपलब्धि वा सक्षमतालाई व्यवहार कुशल सिपसँग जोड्ने र बालबालिकाहरूले उक्त सिप हासिल गर्नका लागि बिभिन्न क्रियाकलापमा सरिक गराउँदै सिकाइ सक्षमतासँग जोड्ने कुरामा जोड दिंदै शिक्षकको क्षमता विकास गर्नुपर्ने कुरा सहजकर्ता दुईले बताएका छन् ।

सहभागीहरूले तालिम प्रभावकारी भएको र अब प्रत्येक शिक्षकको मनमष्तिष्कबाट नै शैक्षिक परिवर्तनको अभ्यास शुरू हुने भन्दै तालिममा सिकेका कुराहरू व्यावहारमा लागु गर्ने प्रतिवद्धता समेत जनाए ।

समापन कार्यक्रममा बोल्दै सिद्धेश्वर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिको अध्यक्ष प्रदिप बस्नेतले शिक्षकहरुले  दिइएको जिम्मेवारी पूरा गर्न र राज्यले गरेको लगानीको समुचित प्रयोग गर्नुपर्ने बताए । शिक्षक तथा प्रधानाध्यापकहरूले व्यवस्थापकीय कार्य तथा शैक्षिक गतिविधिहरु कुशल प्रशासकको रुपमा जिम्मेवारीबोध गरी कार्य गर्न अनुरोध समेत गरे ।

तस्बिर : शिक्षा शाखा

तालिमको समापन गर्दै गाउँपालिका शिक्षा शाखाका प्रास ङावा शेर्पाले तालिमको लागि मात्रै तालिममा सहभागि हुन नभइ तालिम पछि तालिमको औचित्य पुष्टी हुने गरि सिकेका कुरा व्यवहारमा अनिवार्य प्रयोग गर्नुपर्ने बताए । तालिम करकापबाट नभइ कुनै पनि सीप सिक्न इच्छाशक्ति हुनुपर्ने र शिक्षकहरुले पनि जोस जागर उत्प्रेरणाको रुपमा स्थापित गरिनुपर्ने बताए।

प्रबिधीमैत्री शिक्षण सिकाइको लागि राज्यले हरकोसिस गरिरहेको र सोको लागि स्रोत तथा सामग्रीहरुको व्यवस्था गर्दै आएको र विद्यालयहरुमा प्रदान गरिएका सामग्रीहरुको उचित व्यवस्थापन र नियमन नियन्त्रन गर्ने दायित्व विद्यालयका शिक्षक र प्रधानाध्यापकहरुको रहेको बताउँदै उक्त सामग्रीहरु विद्यालयमा प्रयोगमा ल्याउनुपर्ने उहाँले बताए ।

सिद्धेश्वर माध्यामिक विद्यालय लुबुँमा चैत्र १३ गते आइतबारबाट सुरु गरिएको तालिममा उमाकुण्ड वडा नं. १, २ र ३ का आधारभूत कक्षा १ देखि ८ सम्मका शिक्षक कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

दुई दिन सम्म सन्चालित तालिमको सहजीकरण शिक्षा युवा तथा खेलकुद शाखा उमाकुण्डका प्रा.स. ङावा शेर्पाको संयोजकत्वमा सिद्धेश्वर माध्यमिक विद्यालय बाम्तीका विज्ञान शिक्षक  आकाश सुनुवार, प्रधानाध्यापक निर्मल प्रसाद त्रिपाठीले गरेका थियो ।

दुई दिने पेशागत क्षमता विकास तालिममा उमाकुण्ड गाउँपालिका वडा नं. १,२ र ३ का आधारभूत र माध्यामिक विद्यालय गरि ४५ जना शिक्षक शिक्षिकाहरुको  सहभागिता रहेको थियो । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ को कार्यान्वयन र शिक्षकको पेशागत क्षमता विकासका लागि कक्षा १-३ र कक्षा ४-५ को एकीकृत पाठ्यक्रम, बार्षिक शैक्षणिक योजना निर्माण, प्रश्न पत्र निर्माण, मार्क लेजर र लेटर ग्रेडिङ्ग सम्बन्धि विषयमा सहभागिहरुलाइ तालिम दिइएको थियोे ।

तालिमको भोलि मंगलबार उमाकुण्ड वडा ४,५,६ र ७ का लागि चण्डेश्वरी माध्यमिक विद्यालय, प्रीति च्यादोलुमा आयोजना हुने भएको छ । गाउँपालिकाले यस अघि पनि सूचना सञ्चार प्रविधि, विद्यालय लेखा, एकीकृत पाठ्यक्रम, बाल केन्द्र शिक्षण लगायत यस्ता विभिन्न तालिमहरू पटकपटक सञ्चालन गर्दै आएका छन् ।

Previous Post

उमाकुण्डको पालिकास्तरीय प्रधानाध्यापक बैठक : २०८० को शैक्षिक योजना निर्माण

Next Post

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सनराईज बैंकले बिद्यालयलाई वितरण गर्‍यो न्यानो कपडा

Next Post
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सनराईज बैंकले बिद्यालयलाई वितरण गर्‍यो न्यानो कपडा

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सनराईज बैंकले बिद्यालयलाई वितरण गर्‍यो न्यानो कपडा

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.