युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

भाई टिकाको लागि भाइ मसला र मिठाई

नुम्बुर खबर by नुम्बुर खबर
२०७८ मंसिर २६, आईतवार १७:१७
in हाम्रो विचार
0

काठमाडौं, कार्तिक ३ । कीर्तिपुर बस्दै आएकी पाल्पाकी चम्फा नेपाललाई तिहारको रमाइलोले छोइसकेको छ । उनी ‘भाइ मसला’ खरिद गर्न शुक्रबार असन पुगिन् । ‘यी तागतिला खानेकुरा हुन्, टीका लगाएपछि भाइलाई सगुनका रूपमा दिनुपर्छ,’ उनले भनिन्, ‘वर्षांैदेखि चलिआएको परम्परा भएकाले निरन्तरता दिनैपर्‍यो ।’

भाइ मसलाका लागि काठमाडौंको असन प्रख्यात छ । यहाँ पुस्तौनी रूपमै यसको व्यापारमा संलग्न नेवार समुदायको वर्चस्व छ । बहिनीले टीकापछि दाजुलाई काजु, बदाम, किसमिस, पेस्ता, खन्जिर, खुर्पानी, मखना, मिश्री, ओखर, अलैंची, सुकमेल, दालचिनी, ल्वाङ र सुपारीलाई भाइ मसलाका रूपमा दिने चलन छ । भाइले पनि आफ्नो गच्छेअनुसारको उपहार दिन्छन् ।

तीन पुस्तादेखि यसको व्यापारमा संलग्न जनकराज तुलाधर यो मौसमी व्यापार भएको बताउँछन् । ‘अरू बेला फाटफुट मात्रै बिक्री हुन्छ,’ उनले भने, ‘संस्कृतिकै एक अंगजस्तो भएकाले दीपावलीमा किनबेच राम्रो हुन्छ ।’

दीपावलीको किनमेलले अहिले असनमा खुट्टा राख्ने ठाउँ छैन । सप्तरंगी टीका, भाइ मसला, नेपाली ढाका टोपी, धनतेरसका लागि भाँडाकुँडा र घर सजावटका सामग्री खरिद गर्नेको भीड बाक्लिँदै गएको छ । त्यही भीडमा कालधाराकी किरण परियार पनि सामान खरिद गर्न व्यस्त थिइन् । उनले घरमा सेल, झिलिंगा, फिनी, अर्सालगायत परिकार बनाइसकेकी छन् । ‘भाइ मसला लिन आएको । ज्यादै महँगो रहेछ,’ उनले भनिन्, ‘वर्षैपिच्छे मूल्य आकासिँदै गएको छ । महँगो भए पनि परम्परा धान्न किन्नै पर्ने बाध्यता छ ।’

 

नेपालमा भारत तथा तेस्रो मुलुकबाट वार्षिक अर्बौं रुपैयाँ बराबरको भाइ मसला भित्रिन्छ । अलैंचीमा आत्मनिर्भर हुँदै गए पनि अन्य सबै मसला बाहिरैबाट आयात गरिन्छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष मूल्य बढेको छ । नरिवल, काजु र सुकमेलको मूल्य ५० प्रतिशतले बढेको असनका अर्का व्यापारी चन्द्रकृष्ण श्रेष्ठले बताए । ‘सामान महँगियो । प्राय: सबै भारतबाटै आउँछ,’ उनले भने, ‘हामीले मखनको होलसेल पसलबाट खरिद गरेर बिक्री गर्ने हो ।’ २०४० बाट यो व्यापारमा लागेका श्रेष्ठ पछिल्लादिनमा व्यापार पनि खस्किँदै गएकोमा चिन्तित छन् । ‘मसला व्यापार गरेर मात्रै घर खर्च धान्न सकिएन । त्यसैले अरू खिस्रिङमिस्रिङ सामान पनि बेच्न थालेको छु,’ उनले भने ।

केही वर्षअघिसम्म यो व्यापारमा असनका रैथाने नेवार समुदायको वर्चस्व रहे पनि हाल मधेसी समुदाय र भारतीय व्यापारीको बढ्दो आगमनले बजार प्रतिस्पर्धा चर्किएको छ । रैथाने व्यापारीलाई विस्थापित भइने हो कि भन्ने चिन्ता छ ।

उसो त दसैंलाई खानपिनको रमाइलो पर्व र तिहारलाई मिठाईको पर्वका रूपमा पनि हेरिन्छ । दसैं सकिएलगत्तै आउने तिहारका लागि बजारमा मिठाईका विविध परिकार तयार गर्न थालिएको छ । मुख्य सिजन भएकाले कालिगढ उस्तै बेफुर्सदिला छन् । तिहारमा मिठाईको खपत अत्यधिक हुन्छ । ‘मिक्स मिठाई र लक्ष्मी पूजामा लड्डु तथा पेडा बढी बिक्री हुन्छ,’ न्युरोडस्थित रामेश्वरम् स्विट्सका सञ्चालक राजेन्द्र सिंहले भने, ‘सबै मिठाई आफंै उत्पादन गर्छाैं । कालिगढ अभावले बंगाली कालिगढ झिकाएका छौं ।’

 

बनाउन ठूलै मिहिनेत लाग्ने मिठाई समयमै बिक्री नभए सड्ने जोखिम बढी हुन्छ । घिउ, बेसन, डिजेल र दालको मूल्य पनि बर्सेनि बढकाले अघिल्लो वर्षको तुलनामा अहिले करिब ८ प्रतिशतले मूल्य बढेको व्यापारी बताउँछन् । आँगन स्विट्सका नीलम्बर झाले पनि तेल, घिउ, दूधलगायत कच्चा पदार्थको मूल्य बढेकाले मिठाई महँगिएको बताए । राजधानीका विभिन्न ५ ठाउँमा आँगनका शाखा छन् । भारतबाटै कालिगढ झिकाएर मिठाई बनाउने गरिएको र अहिले विभिन्न ६० स्वादका मिठाई उपलब्ध भइरहेको उनी बताउँछन् ।

चाडपर्वको बेला मिठाईलाई आकर्षक देखाउनका लागि व्यापारीले अखाद्य रङसमेत प्रयोग गर्ने गरेको गुनासो पुरानै हो । स्थानीय प्रशासनले प्रभावकारी ढंगले बजार अनुगमन गरी त्यस्तो कामलाई निरुत्साहित गर्नुपर्ने ललितपुर इमाडोलका स्थानीय राजेश केसीले बताए । ‘मुख्य सहरी क्षेत्रमा त्यस्तो नहोला । तर, प्रशासनको आँखा नपरेको भित्री क्षेत्रमा गुणस्तरहीन र अखाद्य मिठाई बिक्री हुने गरे पनि प्रशासनले अनुगमन गरेको देखिँदैन,’ उनले भने ।

तिहारमा सप्तरंगी टीका र मखमली फूलको माला लगाइदिने चलन छ । टीका पनि भारतबाटै आयात गरिन्छ । सर्लाहीका महेश दास भारतको पटनाबाट ल्याएर असनमा टीका बिक्री गर्छन् । ‘यहाँको टीकाले बजार धान्न सक्दैन । भाइटीकामा ठूलो मात्रामा बिक्री हुने भएकाले आफंै भारत पुगेर आएँ,’ उनले भने । तिहारमा घर सजावटका लागि प्लास्टिक मालाको पनि खपत बढेको छ । न्युरोड, असन, लगनखेललगायत क्षेत्रमा मालाकै अस्थायी पसल खुलेका छन् । ‘तिहारका बेलामा मात्रै बिक्ने प्लास्टिक माला चीनबाट आउँछन्,’ अस्थायी रूपमा पसल खोलेको न्युरोडका राजु खड्गीले बताए । असनको होलसेलबाट ल्याएर पसल थापेको र काग तथा कुकुर तिहारका दिनमा सजावट सामग्री बढी बिक्री हुने खड्गीले बताए । तिहारमा मखमलीको माला र फलफूलको बिक्री पनि बढ्छ ।

 

श्रोत इकान्तिपुर

Previous Post

विकासे बाजेको नामले परिचित उपेन्द्र प्रसाद घिमिरेको सम्झनामा श्रद्धाञ्जली सभा

Next Post

शेर्पाको घरमा डलर र पैशाको बोट हुदैन

Next Post

शेर्पाको घरमा डलर र पैशाको बोट हुदैन

Discussion about this post

Recent Posts

  • रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
  • यी जिल्लामा बाढीको अति उच्च जोखिम (विवरणसहित)
  • आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  • उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
  • श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

Recent Comments

  1. pornip on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  2. 555329 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  3. anti-violence-686281 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  4. anti-violence-23436 on आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै
  5. Free MetArt Porn Pics on उमाकुण्ड गाउँपालिकाको २ नम्बर वडा पूर्ण खोप सुनिश्चित घोषणा
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.