रामेछापमा वार्षिक कार्यसम्पादनको हिसाबले स्वास्थमा उमाकुण्ड गाउँपालिका प्रथम
रामेछाप । आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठीबाट रामेछापका आठ स्थानीय तहका स्वास्थ्य शाखामध्ये उमाकुण्ड गाउँपालिका प्रथम, मन्थली नगरपालिका द्वितीय र रामेछाप नगरपालिका तृतीय भएका छन्। मन्थली नगरपालिकाको सभाहलमा मङ्गलबार र बुधबार संचालित दुई दिने गोष्ठीमा स्थानीय तहका स्वास्थ्य कार्यक्रम, सेवा प्रवाह, कार्यक्रम कार्यान्वयन तथा उपलब्धिका आधारमा गरिएको मूल्याङ्कनको नतिजा सार्वजनिक गरिएको हो। कार्यक्रममा बागमती प्रदेश सरकार स्वस्थ्य तथा सामाजिक विकास मन्त्रालयका प्रशासक सतिश विष्टको प्रमुख आतिथ्यता तथा जनस्वास्थ्य [थप पढ्नुहोस...]




































































