युनिकोड
विनिमय दर
नेपाली पंचांग
Numbur Khabar
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
  • अन्तरास्ट्रिय
  • विविध
  • ENGLISH

यार्सागुम्बा संकलनका लागि अनुमति अनिवार्य

नुम्बुर खबर by नुम्बुर खबर
२०७९ बैशाख १७, शनिबार १८:५०
in Breaking (With Image), सुदुर्पश्चिम प्रदेश
0
यार्सागुम्बा संकलनका लागि अनुमति अनिवार्य

दार्चुला। हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सा गुम्बा संकलनका लागि अनिवार्य अनुमति लिनुपर्ने भएको छ। अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले संरक्षण क्षेत्रभित्र यार्सागुम्बा संकलनका लागि अनिवार्य अनुमति लिन सार्वजनिक सूचना जारी गरेको  कार्यालय प्रमुख गणेश पौडेलले जानकारी दिनुभयो।

दार्चुलामा हिमाली क्षेत्रका नागरिक वैशाखदेखि असारसम्म हिमाली क्षेत्रमा गएर वर्षौदेखि यार्सागुम्बा संकलन गर्दै आइरहेका छन्। कोरोना महामारीका कारण पछिल्लो दुई वर्ष अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा संकलनमा रोक लगाएको थियो। यस पटक यार्सागुम्बा संकलनका लागि वन खोलिएको अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ।

वैशाख १५ गतेदेखि यार्सागुम्बा संकलनका लागि अपी नाम्पा संरक्षण क्षेत्रको कार्यालय खलंगा, राप्ला सेक्टर सुन्सेरा, खण्डेश्वरी सेक्टर खण्डेश्वरी, बिटुले रेञ्जपोष्ट, खार रेञ्जपोष्ट, सिप्टी पोष्ट, पारिबगड पोष्ट र हिकिला पोष्टबाट अनुमति पत्र वितरण भइरहेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो।

विगतका वर्षमा सम्बन्धित स्थानीय तह र अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयबीच यार्सागुम्बा संकलन अनुमति पत्रका विषयमा विवाद हुने गरेको थियो।

संरक्षण क्षेत्र कार्यालय र स्थानीय तहले अनुमति पत्र जारी गर्दा संकलक अनुमति लिन दोधारमा पर्ने गरेका थिए। यस पटक भने हालसम्म संरक्षण क्षेत्र कार्यालयले मात्रै यार्सागुम्बा संकलनका लागि अनुमति पत्र जारी गरिरहेको छ।

कानुनी रुपमा संरक्षण क्षेत्रलाई नै यार्सागुम्बा संकलन अनुमति पत्र वितरण गर्ने अधिकार रहेको कार्यालय प्रमुख पौडेलको भनाइ छ। जनप्रतिनिधि निर्वाचनको तयारीमा भएकोले पनि यार्सागुम्बा संकलनतर्फ स्थानीय तहको ध्यान पुग्न नसकेको बताइएको छ।

केही यार्सागुम्बा संकलक वैशाख पहिलो हप्तादेखि नै यार्सागुम्बा संकलन हुने पाटनमा पुगिसकेका छन्। संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा संकलनका लागि जेठ दोस्रो हप्तादेखि असारसम्म बढीमा ३० दिन मात्रै अवधि तोकेको छ। यार्सा पाटनमा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले अनुगमन गर्ने भएकाले अनिवार्य रुपमा सबैलाई अनुमति पत्र लिन कार्यालयले सार्वजनिक सूचनामार्फत् आह्वान गरेको छ।

संरक्षण क्षेत्र भित्रका यार्सा संकलकले प्रतिव्यक्ति पाँच सय, संरक्षण क्षेत्र बाहिरकाले प्रतिव्यक्ति दुई हजार र जिल्ला बाहिरका यार्सागुम्बा संकलकले परिचयपत्र लिनका लागि तीन हजार रुपियाँ राजश्व रकम तिनुपर्छ। परिचय पत्र लिदाँ पासपोर्ट साइजको फोटो दुई प्रति र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि संलग्न राख्नुपर्ने कार्यालयले जनाएको छ। संकलन अनुमति विना यार्सागुम्बाको संकलन र ओसारपसार गरेमा यार्सागुम्बा जफत गरेर कानुन बमोजिम कारवाही गरिने कार्यालय प्रमुख पौडेलले बताउनुभयो। यार्सागुम्बा संकलनका लागि यार्सा पाटन प्रवेश गर्दा हातहतियार साथमा लैजान नपाइने तथा खुला रुपमा फोहोर गर्न पाइने छैन।

संकलन अवधिमा कुनै वन पैदावारको हानी नोक्सानी, वन्यजन्तुको चोरी सिकार गरेमा कानुन बमोजिम कारवाही गरिने संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ। खासगरी दार्चुलाको अपिहिमाल गाउँपालिका र व्यास गाउँपालिकाका हिमाली क्षेत्रमा यार्सागुम्बा पाइने गरेको छ। व्यास, अपिहिमाल, दुहुँ, मार्मा र नौगाडका संकलक यार्सागुम्बा संकलनका लागि हिमालसम्म पुग्न गरेका छन्।

हिमाली क्षेत्रका स्थानीयको आयस्रोतको प्रमुख माध्यम यार्सागुम्बा भएकोले स्थानीय सपरिवार यार्सा पाइने पाटनमा पुग्ने गरेको अपिहिमालका स्थानीय योगेन्द्र धामीले बताउनुभयो। गोरखापत्र ।

Previous Post

निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरियो

Next Post

एमसीसी सम्झौता राजपत्रमा प्रकाशित

Next Post
एमसीसी सम्झौता राजपत्रमा प्रकाशित

एमसीसी सम्झौता राजपत्रमा प्रकाशित

Discussion about this post

Recent Posts

  • सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोलु हाईड्रोपावर
  • कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने
  • नेपाल शेर्पा विद्यार्थी संघको केन्द्रीय महासचिवमा पेमा दोर्जे शेर्पाको उम्मेदवारी दिने घोषणा
  • नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अधिवेशन शनिबार सम्पन्न
  • चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चन्द्रज्योति माविमा सुरु

Recent Comments

  1. vortexstrike on ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’को प्रतिवेदन तयार गर्न निर्देशन
  2. hdhub4uin on स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो
  3. yearlymagazine on सगरमाथाको आधारशिबिर जाने नयाँ पदमार्गको पहिचान गर्न खोजमूलक पदयात्रा
  4. yearlymagazine on रामेछापको उमाकुण्डमा सर्वाधिक धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै
  5. yearlymagazine on अमेरिकामा बेरोजगारको दर बढ्यो
यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।
समाचार तथा विज्ञापनकालागि: +९७७ ९८६२३७७३१०
सूचना विभाग दर्ता नं: २४०२/०७७–०७८
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • आदिवासी जनजाति
  • मनोरञ्जन
  • सहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सञ्चालक तथा सम्पादक: कर्मारिञ्जी शेर्पा
  • सह सम्पादक: साम्तेन साइमन लामा
  • समाचार संयोजक: उर्मिला कार्की
हाम्रो बारेमा
सामाजिक संजाल
Facebook X-twitter Youtube
युनिकोड
विनिमय दर
नेपाली पंचांग
Copyright © 2017 – 2024 Numbur Khabar. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • लेख रचना
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेस प्रदेस
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेस
    • कर्णाली प्रदेश
    • सुदुर्पश्चिम प्रदेश
  • रोचक
  • धर्म संस्कृति
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तरास्ट्रिय
  • विविध
    • आदिवासी जनजाति
    • जीवनशैली
    • पर्यटन
    • मनोरञ्जन
    • माैसम
    • शिक्षा
    • समाज
    • सहित्य र कला
    • བོད་སྐད།
  • ENGLISH

Copyright © 2017 – 2026 Numbur Khabar. All Rights Reserved.