Loading

श्रम संस्कृति पार्टीद्वारा सोलुखुम्बु कारागारलाई विभिन्न विधाका पुस्तक हस्तान्तरण

श्रम संस्कृति पार्टीद्वारा सोलुखुम्बु कारागारलाई विभिन्न विधाका पुस्तक हस्तान्तरण

सोलुखुम्बु । श्रम संस्कृति पार्टीले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा जिल्ला कारागार सोलुखुम्बुलाई विभिन्न विधाका पुस्तकहरू प्रदान गरेको छ ।

कारागारमा रहेका कैदीबन्दीहरूको अध्ययन तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएको पार्टीका जिल्ला अध्यक्ष वियस राईले बताउनुभयो ।

कैदीबन्दीहरूमा सकारात्मक सोचको विकास, सिर्जनात्मक क्षमताको अभिवृद्धि तथा जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले पुस्तक प्रदान गरिएको पार्टीले जनाएको छ ।

प्रदान गरिएका पुस्तकहरूमा उपन्यास, जीवनी, कविता, कानुनलगायत विभिन्न विधाका पुस्तकहरू रहेका छन् । पुस्तक अध्ययनले कैदीबन्दीहरूलाई आफ्नो जीवन, समाज र भविष्यप्रति सकारात्मक दृष्टिकोण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पार्टीको पहिलो वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै गरिएको यस कार्यले कारागारभित्र अध्ययन संस्कृतिको विकास गर्नुका साथै ज्ञान र चेतनाको विस्तारमा योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *