Loading

जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ तारापुरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तारापुरकी ६० वर्षीया लक्ष्मी डगौरा रहेकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनी आफ्नै कच्ची घरमा सुतिरहेको अवस्थामा गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीले आक्रमण गरेको थियो।

हात्तीको आक्रमणबाट डगौराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *