Loading

मेरिकामा नेपाली मूलका तीन उम्मेदवार विजयी

मेरिकामा नेपाली मूलका तीन उम्मेदवार विजयी

काठमाडौं । अमेरिकामा नोभेम्बर ३ मा सम्पन्न मध्यावधि निर्वाचनमा नेपाली मूलका तीन उम्मेदवार विजयी भएका छन् ।

डेमोक्र्याटिक पार्टीबाट उम्मेदवारी दिएका मेरिल्यान्डका ह्यारी भण्डारी, न्युयोर्ककी सराहना श्रेष्ठ र न्यु ह्याम्पसायरका विश्वबहादुर शाह राज्य सांसदमा निर्वाचित भएका हुन् ।

भण्डारी र श्रेष्ठ लगातार तेस्रो पटक विजयी हुँदै ह्याट्रिक गर्न सफल भएका छन् । भण्डारी मेरिल्यान्डको डिस्ट्रिक्ट ८ बाट र श्रेष्ठ न्युयोर्कको डिस्ट्रिक्ट १०३ बाट विजयी भएका हुन् ।

त्यस्तै, शाह न्यु ह्याम्पसायरको हिल्सबरो काउन्टीस्थित डिस्ट्रिक्ट ४१ बाट राज्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

यस निर्वाचनमा मेरिल्यान्डको डिस्ट्रिक्ट ७ ए बाट उम्मेदवार बनेका नेपाली मूलका सतीश चापागाईं भने पराजित भएका छन् ।

अमेरिकी राजनीतिमा नेपाली मूलका तीन उम्मेदवारको सफलताले नेपाली डायस्पोराको राजनीतिक उपस्थिति थप बलियो बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *