काठमाडौं, २२ कात्तिक। नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरमा कुनै परिवर्तन भएको छैन। अघिल्लो दिन कायम रहेको दरलाई नै निरन्तरता दिँदै राष्ट्र बैंकले आइतबार पनि अधिकांश विदेशी मुद्राको खरिद तथा बिक्रीदर यथावत् राखेको हो।