Loading

चम्पादेवीलाई चौथो लिखुपिके अध्यक्ष कपको उपाधि

चम्पादेवीलाई चौथो लिखुपिके अध्यक्ष कपको उपाधि

१४ टोली सहभागी प्रतियोगितामा लिखुपिके वडा नं. २ दोस्रो र सोताङ तेस्रो

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा आयोजित चौथो लिखुपिके अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता २०८३ सम्पन्न भएको छ। प्रतियोगिताको उपाधि ओखलढुंगाको चम्पादेवी गाउँपालिकाले जितेको छ। फाइनल खेलमा लिखुपिके गाउँपालिका वडा नं. २ ‘ए’ लाई पराजित गर्दै चम्पादेवीले प्रथम स्थान हासिल गरेको हो।

प्रतियोगितामा लिखुपिके गाउँपालिका वडा नं. २ दोस्रो र सोलुखुम्बुको सोताङ गाउँपालिका तेस्रो भएका छन्। प्रतियोगितामा विभिन्न क्षेत्रका १४ टोलीले सहभागिता जनाएका थिए।

प्रतियोगितामा प्रथम हुने चम्पादेवी गाउँपालिकाले नगद रू. १ लाख ५० हजार ५५५, दोस्रो हुने लिखुपिके गाउँपालिका वडा नं. २ ले रू. ७७ हजार ७७७ र तेस्रो हुने सोताङ गाउँपालिकाले रू. ५५ हजार ५५५ पुरस्कार प्राप्त गरेका छन्। विजेता टोलीहरूलाई नगद पुरस्कारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

उपाधि जितेपछि चम्पादेवी गाउँपालिका पलापुका टोलीका प्रशिक्षक प्रणिक मगरले लिखुपिके गाउँपालिकामा आएर आफ्नो टोलीको खेल कौशलता प्रदर्शन गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो। प्रतियोगितामा सहभागी भई प्रथम उपाधि हासिल गर्न पाउनु गौरवको विषय भएको उहाँको भनाइ थियो।

लिखुपिके गाउँपालिका अध्यक्ष मीन कार्की बस्नेतको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रतियोगिता सफल बनाउन सहयोग पुर्‍याउने सुरक्षाकर्मी, सञ्चारकर्मी, कलाकार, स्वास्थ्यकर्मीलगायतलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो। साथै कार्यक्रममा उपस्थित अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

समापन समारोहमा खेलाडी, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।

गाउँपालिकाको आयोजनामा सम्पन्न प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको विकास, खेलाडीको प्रतिभा प्रस्फुटन तथा आपसी सद्भाव अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

चौथो लिखुपिके अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता २०८३ को समापन समारोहका केही तस्बिरहरू।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *