Loading

रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ जना घाइते

रुकुमपश्चिममा जिप दुर्घटना : दुई जनाको मृत्यु, १३ जना घाइते

रुकुमपश्चिम, कात्तिक २३ । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । सोमबार दिउँसो करिब १२ बजे भएको दुर्घटनामा मृतक तथा घाइते सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापा रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते हुनेमा सोही वडाका १९ वर्षीया जुनाकुमारी थापा, २५ वर्षीय जिपधनी वीरबहादुर थापा, २७ वर्षीया सीता थापा, २३ वर्षीया जुनी थापा र ८ वर्षीय हिरा थापा रहेका छन् ।

अन्य घाइतेमा आठबिसकोट नगरपालिका–५ का २५ वर्षीया हिरा थापा, २ वर्षीय गौरव थापा, ४ वर्षीया वीरता थापा, २३ वर्षीया सुशीला थापा ऐरी, २८ वर्षीया भावना थापा ऐरी, २७ वर्षीया खिममाया थापा तथा आठबिसकोट नगरपालिका–२ का २० वर्षीया रमिता थापा र १९ वर्षीया निर्मला ऐरी रहेका छन् ।

प्रहरीका अनुसार आठबिसकोट नगरपालिका–५ को थापागाउँबाट नयाँडाँडातर्फ जाँदै गरेको भे १ च ३११२ नम्बरको डबल क्याब जिप ब्याक गर्ने क्रममा सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

घाइतेहरूलाई उपचारका लागि आठबिसकोट नगर अस्पताल लगिएको छ । दुर्घटनापछि जिप चालक आठबिसकोट नगरपालिका–४ निवासी २५ वर्षीय प्रदीप विक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *