Loading

खोटाङ जिल्ला अस्पताललाई ५० शय्याको भवन हस्तान्तरण, तिहारपछि सेवा सञ्चालन हुने

खोटाङ जिल्ला अस्पताललाई ५० शय्याको भवन हस्तान्तरण, तिहारपछि सेवा सञ्चालन हुने

खोटाङ । जिल्ला अस्पताल खोटाङलाई ५० शय्याको सुविधासम्पन्न अस्पताल भवन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय ओखलढुङ्गाले बिहीबार २२ करोड ९० लाख ४७ हजार ९२ रुपैयाँ लागतमा निर्माण भएको चारतले अस्पताल भवन हस्तान्तरण गरेको हो ।

आयोजना कार्यालयका प्रमुख इन्जिनियर सुरज पौडेलले अस्पतालका निमित्त प्रमुख डा. पुस्कल राईलाई भवन हस्तान्तरण गर्नुभएको हो ।

लामो समयदेखि अलपत्र रहेको भवन निर्माणको काम स्थानीय निर्माण व्यवसायी सुनिल राईले जिम्मा लिएपछि सम्पन्न भएको हो ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख राईका अनुसार आवश्यक उपकरण तथा सामग्री जडान गरी तिहारपछि ५० शय्याको सेवा सञ्चालन गर्ने तयारी छ । सेवा सञ्चालनमा आएपछि विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्य सेवा जिल्लामै उपलब्ध हुने अपेक्षा गरिएको छ ।

वि.सं. २०४९ सालमा १५ शय्याबाट सेवा सुरु गरेको जिल्ला अस्पतालले यसअघि नै ५० शय्याको सेवा शुभारम्भ गरिसकेको छ । अब नयाँ भवन सञ्चालनमा आएपछि अस्पतालको सेवा थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *