Loading

भाइटीकाको दिन देशभरको मौसम मुख्यतया सफा, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

भाइटीकाको दिन देशभरको मौसम मुख्यतया सफा, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं । भाइटीकाको दिन आज देशका अधिकांश स्थानको मौसम मुख्यतया सफा रहेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण हिमाली तथा पहाडी भूभागमा भने आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हल्का हुस्सु तथा कुहिरो लागेको छ ।

आज दिउँसो पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईसहित देशका अन्य स्थानमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।

त्यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भाइटीकाको दिन देशका अधिकांश स्थानमा मौसम अनुकूल रहने देखिए पनि पहाडी क्षेत्रमा यात्रा गर्दा सम्भावित मौसम परिवर्तनलाई ध्यान दिन मौसमविद्ले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *