अदालतको पछिल्लो फैसलासँगै नेपाली समुदायमा चासोको विषय बनेको ममता काफ्ले भट्ट हत्या प्रकरणले नयाँ कानुनी मोड लिएको छ । अब अदालतले सन् २०२७ मार्चमा नरेशको सजाय निर्धारण गर्नेछ ।
ममता सन् २०२४ मा बेपत्ता भएपछि घटनाको अनुसन्धान सुरु भएको थियो । त्यसपछि नरेशमाथि पत्नीको हत्या गरी शव लुकाएको लगायतका अभियोग लगाइएको थियो ।