Loading

सोलुखुम्बुको भकान्जेमा १८५ विद्यार्थीलाई न्यानो ज्याकेट वितरण

सोलुखुम्बुको भकान्जेमा १८५ विद्यार्थीलाई न्यानो ज्याकेट वितरण

सोलुखुम्बु । लायन्स क्लब अफ काठमाडौं ग्रीन भ्यालीले सोलुखुम्बुको भकान्जे क्षेत्रका तीन विद्यालयका करिब १८५ जना विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरेको छ ।

हिमालयन प्रोजेक्ट नेपालकी प्रमुख कार्यकारी निर्देशक जानकी खड्काको पहलमा पहिलोपटक भकान्जे भ्रमणमा पुगेको क्लबको टोलीले चन्द्र ज्योति माध्यमिक विद्यालय, छिम्बु आधारभूत विद्यालय र सगरमाथा आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरेको हो ।

लायन्स क्लब अफ काठमाडौं ग्रीन भ्यालीकी अध्यक्ष जानकी खड्कासहित क्लबका पदाधिकारी तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा विद्यार्थी तथा अभिभावकलाई प्रतिपरिवार एक–एक प्याकेट चोखो पिठोसमेत वितरण गरिएको आयोजकले जनाएको छ ।

भकान्जे पुगेका पाहुनाहरूलाई स्थानीयले शेर्पा परम्पराअनुसार स्वागत गरेका थिए ।

चिसो मौसममा विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराउने तथा स्थानीय समुदायलाई सहयोग गर्ने उद्देश्यले गरिएको यस कार्यक्रमप्रति विद्यालय तथा स्थानीयले लायन्स क्लब अफ काठमाडौं ग्रीन भ्याली र सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *