घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । मृतक राईको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ पठाइएको प्रहरीले जनाएको छ ।