बस्नेतले गर्भावस्थाको २४औँ हप्तामै शिशुलाई जन्म दिएकी थिइन् । समयअगावै जन्मिएका कारण नवजात शिशुमा श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्या देखिएको थियो । शिशुलाई सघन नवजात शिशु उपचार कक्ष (एनआईसीयू) मा राखेर तत्काल उपचार गर्नुपर्ने भए पनि जिल्ला अस्पताल फाप्लुमा उक्त सेवा उपलब्ध थिएन ।