Loading

चाडपर्वपछि गाउँ सफाइमा जुटे भुजीका युवा

चाडपर्वपछि गाउँ सफाइमा जुटे भुजीका युवा

रामेछाप, २८ कात्तिक । बडादशैँ र तिहारपछि फोहोर बनेका सार्वजनिक स्थल तथा सडक सफाइ गर्न रामेछापको उमाकुण्ड गाउँपालिका–७, भुजीका युवाहरू जुटेका छन् ।

स्थानीय युवाहरूको सक्रियतामा शनिबार वडाका मुख्य सडक तथा पैदलमार्ग आसपास बृहत् सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो ।

युवाहरूले बुन्देल डाँडास्थित सहिद पार्कदेखि पोल्दिमसम्मको पैदलमार्ग तथा पोल्दिम डाँडास्थित भुजी स्वास्थ्य चौकीदेखि प्रहरी चौकी हुँदै बुन्देलसम्मको सडक आसपासको फोहोर संकलन गरेका छन् ।

चाडपर्वका क्रममा जथाभावी फालिएका प्लास्टिक, सिसा तथा अन्य फोहोर हटाउँदै गाउँलाई स्वच्छ र सफा राख्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो ।

सार्वजनिक स्थलको सरसफाइमा स्थानीय सबैको सहभागिता आवश्यक रहेको सन्देशसहित युवाहरूले थालेको अभियानको स्थानीयले प्रशंसा गरेका छन् ।माणि राज सुनुवार

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *