कुनै समय तराईका सीमित क्षेत्रमा मात्र मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा समेत व्यापक रूपमा मनाउन थालिएको छ । यस अवसरमा राजधानीका गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, नागपोखरीलगायत स्थानमा छठ पूजाका लागि विशेष सजावट गरिएको छ ।