Loading

देउसीभैलो विवादमा युवक घाइते, दुई पक्राउ

देउसीभैलो विवादमा युवक घाइते, दुई पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ स्थित एक होटलमा देउसीभैलो खेल्ने क्रममा भएको विवादमा बियरको बोतल प्रहार गरी युवकलाई गम्भीर घाइते बनाएको आरोपमा दुई जना पक्राउ परेका छन्।

गत कात्तिक २४ गते राति करिब ११ बजे छिरिङ शेर्पा होटल एण्ड स्नोकर हाउसमा भएको घटनामा होटल सञ्चालक सोमनाथ गुरुङ र आङमाया शेर्पाले ३० वर्षीय धनबहादुर बस्नेत (उमेश) को टाउकोमा बियरको बोतल प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरिएको छ।

प्रहरी निरीक्षक एवं सूचना अधिकारी मौसम तामाङका अनुसार जिल्ला अदालतबाट पहिलो पटक सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *