Loading

सात महिनादेखि एक्लै जीवन बिताइरहेका भिमसेनलाई भुजीका युवाको सहयोग

सात महिनादेखि एक्लै जीवन बिताइरहेका भिमसेनलाई भुजीका युवाको सहयोग

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७, बुन्देलडाँडाका अशक्त भिमसेन सुनुवार (भन्तरे) लाई भुजीका युवाहरूले आर्थिक सहयोगसँगै खाद्यान्न, न्यानो कपडा र सरसफाइमा सहयोग गरेका छन्।

विगत एक वर्षदेखि अशक्त अवस्थामा रहेका सुनुवार पछिल्लो सात महिनादेखि उचित हेरचाहको अभावमा एक्लै बस्दै आएका थिए। उनको अवस्थाबारे जानकारी पाएपछि भुजीका युवाहरूले आर्थिक सहयोग संकलन गरी कात्तिक २९ गते आवश्यक सामग्री उपलब्ध गराएका हुन्।

युवाहरूले संकलित रकमबाट खाद्यान्न, न्यानो कपडा तथा दैनिक उपभोग्य सामग्री खरिद गरी हस्तान्तरण गरेका छन्। साथै, उनको सुत्ने कोठा र घरवरपरको क्षेत्रमा सरसफाइसमेत गरेका छन्।

अभियानमार्फत विभिन्न व्यक्ति, सुरक्षाकर्मी तथा देउसीभैलो समूहबाट कुल १७ हजार २४० रुपैयाँ संकलन भएको थियो। त्यसमध्ये ६ हजार ८४० रुपैयाँ खाद्यान्न तथा लत्ताकपडा खरिदमा खर्च गरिएको र बाँकी १० हजार ४०० रुपैयाँ सुरक्षित राखिएको युवाहरूले जनाएका छन्।

सहयोगबाट भिमसेनका लागि न्यानो कपडा, चिउरा, दालमोठ, बिस्कुट, चाउचाउ, फलफूल, हर्लिक्सलगायत खाद्य सामग्री तथा सरसफाइका आवश्यक सामग्री उपलब्ध गराइएको छ।

स्थानीय युवाहरूको यो पहलले आर्थिक रूपमा कमजोर तथा हेरचाहको अभावमा रहेका व्यक्तिप्रति सामुदायिक सहयोग र मानवीय उत्तरदायित्वको महत्त्व उजागर गरेको छ। यद्यपि, भिमसेनको दीर्घकालीन हेरचाह, स्वास्थ्य उपचार र दैनिक जीवनयापनका लागि निरन्तर सहयोग तथा सम्बन्धित निकायको ध्यान आवश्यक देखिन्छ। मणिराज सुनुवार

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *