Loading

चोरीको मोटरसाइकलसहित तीन युवक पक्राउ, स्कुटर र अन्य सामग्री बरामद

चोरीको मोटरसाइकलसहित तीन युवक पक्राउ, स्कुटर र अन्य सामग्री बरामद

काठमाडौं । काठमाडौंमा चोरीको मोटरसाइकलसहित तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट मोटरसाइकल, स्कुटरसहित विभिन्न सवारीसाधनका सामग्री र मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले सुरक्षा जाँचका क्रममा बा ८४ प ५४८४ नम्बरको मोटरसाइकल शंकास्पद अवस्थामा फेला पारेपछि सोधपुछ गरेको थियो। सो क्रममा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ घर भई हाल गोकर्ण बस्ने २१ वर्षीय तेञ्जिङ लामा र जुगल गाउँपालिका–३ घर भई माकलबारी बस्ने १९ वर्षीय लाक्पा शेर्पालाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार उनीहरूसँग गरिएको सोधपुछका क्रममा उक्त मोटरसाइकल जुगल गाउँपालिका–३ निवासी २८ वर्षीय समिर तामाङ (दशलाल)ले बिक्री गरेको खुलेपछि उनलाई सुन्दरीजलबाट पक्राउ गरिएको हो।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट एनएस–२०० मोटरसाइकल, एनटीओआरक्यू स्कुटर, दुईवटा नम्बर प्लेट, एउटा सवारी दर्ता किताब, टुल बक्स, टुलकिट तथा चारवटा मोबाइल फोन बरामद गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाका अनुसार पक्राउ परेका तीनै जनालाई चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी हिरासतमा राखिएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *