Loading

सोलुखुम्बुमा सहकर्मीमाथि पाइप प्रहार गर्ने युवक पक्राउ

सोलुखुम्बुमा सहकर्मीमाथि पाइप प्रहार गर्ने युवक पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुमा सहकर्मीमाथि फलामको पाइप प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–२ नाकचुङस्थित निर्माणाधीन लुजा खोला जलविद्युत् आयोजनामा कार्यरत २३ वर्षीय छविलाल कुमाल पक्राउ परेका हुन्।

प्रहरीका अनुसार गत कात्तिक २५ गते साँझ मादक पदार्थ सेवन गरेका कुमालले सोही आयोजनामा कार्यरत ओखलढुङ्गाका २८ वर्षीय सेरबहादुर बस्नेतको टाउकोमा फलामको पाइपले प्रहार गरेका थिए। घटनामा बस्नेत गम्भीर घाइते भएका थिए।

कुमाललाई कात्तिक २७ गते पक्राउ गरी ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *