Loading

सुनकोशी–मरिण डाइभर्सनको बाँध निर्माण एक वर्षदेखि ठप्प, नयाँ ठेक्का प्रक्रिया अन्योलमा

सुनकोशी–मरिण डाइभर्सनको बाँध निर्माण एक वर्षदेखि ठप्प, नयाँ ठेक्का प्रक्रिया अन्योलमा

रामेछाप । राष्ट्रिय गौरवको सुनकोशी–मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाको बाँध निर्माण कार्य करिब एक वर्षदेखि ठप्प रहेको छ । ठेक्का रद्द भएपछि नयाँ निर्माण व्यवसायी छनोट प्रक्रिया पनि अघि बढ्न नसक्दा आयोजनाको काम अन्योलमा परेको छ ।

बाँध तथा अन्य संरचना निर्माणको जिम्मा पाएको पटेल–रमण जेभीसँगको ठेक्का सरकारले २०८२ कात्तिक २५ गते तोडेपछि निर्माणस्थलमा काम रोकिएको हो । त्यसपछि नयाँ ठेक्का आह्वान गरिए पनि आर्थिक प्रस्ताव खोल्ने प्रक्रिया अघि बढ्न नसकेको विवरणमा उल्लेख छ ।

नयाँ ठेक्काका लागि ६ निर्माण कम्पनीले प्रस्ताव पेस गरेकामा तीन कम्पनी प्राविधिक मूल्याङ्कनमा सफल भएका थिए । तर आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेको प्रक्रिया पनि रद्द भएपछि पुनः ठेक्का प्रक्रिया सुरु गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

साविकको निर्माण कम्पनीले भने २०८० सालको सुनकोशी बाढी, पुलको अभाव र बीपी राजमार्गमा आवागमनको समस्यालाई निर्माणमा ढिलाइ हुनुका कारणका रूपमा उल्लेख गर्दै अदालतमा मुद्दा दायर गरेको छ ।

आयोजना सम्पन्न भएपछि सुनकोशीको पानी मरिण खोलामा पथान्तरण गरी ३१.२ मेगावाट विद्युत उत्पादन गर्ने र बागमती सिँचाइ आयोजनामार्फत तराईका पाँच जिल्लाको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ ।

ठेक्का प्रक्रिया र निर्माण कार्यमा भएको ढिलाइले आयोजनाको सम्पन्न हुने समय र लागतबारे थप अनिश्चितता बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *