Loading

रामेछापमा एक वर्षमा १ हजार ४२४ मतदाता थपिए, कुल सङ्ख्या १ लाख ८९ हजार नाघ्यो

रामेछापमा एक वर्षमा १ हजार ४२४ मतदाता थपिए, कुल सङ्ख्या १ लाख ८९ हजार नाघ्यो

रामेछाप । रामेछापमा एक वर्षको अवधिमा १ हजार ४२४ जना नयाँ मतदाता थपिएका छन् । नयाँ मतदाता थपिएसँगै जिल्लाको कुल मतदाता सङ्ख्या १ लाख ८९ हजार ३७६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा १ लाख ८७ हजार ९५२ जना मतदाता कायम थिए ।

रामेछापमा दुई नगरपालिका र छ गाउँपालिकासहित आठ स्थानीय तहका ६४ वडा रहेका छन् । जिल्लामा प्रतिनिधिसभाको एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । मतदाता सङ्ख्याका आधारमा रामेछाप देशका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता भएको निर्वाचन क्षेत्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *