Loading

ओखलढुंगाको टोक्सेलमा प्रादेशिक अस्पताल निर्माणका लागि पाँचबुँदे सहमति

ओखलढुंगाको टोक्सेलमा प्रादेशिक अस्पताल निर्माणका लागि पाँचबुँदे सहमति

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलमा प्रस्तावित प्रादेशिक अस्पताल तथा मेडिकल कलेज निर्माण प्रक्रिया अघि बढाउन कोशी प्रदेश सरकार र स्थानीय संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ ।

कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुली र संघर्ष समितिका संयोजक माधवप्रसाद ढुंगानाबीच भएको सहमतिअनुसार अस्पतालका लागि दान गरिएको जग्गाको प्राविधिक निरीक्षण, १६७ रोपनी जग्गा स्वास्थ्य मन्त्रालयको नाममा हस्तान्तरण तथा २०८३ मंसिरभित्र वातावरणीय परीक्षण गर्ने प्रक्रिया अघि बढाइनेछ ।

त्यस्तै, आवश्यक स्रोत व्यवस्थापन र चालु आर्थिक वर्षमा भएका कामको प्रगति विवरण तयार गरी आगामी बजेट तथा कार्यक्रममा अस्पताल निर्माणका लागि स्रोत सुनिश्चित गर्ने सहमति भएको छ ।

सहमति भएपछि संघर्ष समितिले जारी आन्दोलन स्थगित गरेको संयोजक ढुंगानाले जानकारी दिएका छन् ।

अस्पताल निर्माण प्रक्रिया अघि नबढेको भन्दै स्थानीयले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए । माग सम्बोधन नभएको भन्दै टोक्सेलवासीले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनसमेत बहिष्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *