Loading

एनपीएल दोस्रो क्वालिफायर आज : फाइनल प्रवेशका लागि चितवन र सुदूरपश्चिम भिड्दै

एनपीएल दोस्रो क्वालिफायर आज : फाइनल प्रवेशका लागि चितवन र सुदूरपश्चिम भिड्दै

काठमाडौं, ३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित दुवै टोली मैदानमा उत्रिँदैछन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ। यस खेलको विजेता टोलीले उपाधिका लागि शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो। सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले ४ विकेट गुमाउँदै २० बल बाँकी छँदै पूरा गरेको थियो। पराजित भए पनि दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अवसर सुदूरपश्चिमसँग कायम छ।

यता चितवन राइनोजले बुधबार भएको इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो। चितवनसँग पराजित भएपछि काठमाडौं गोर्खाजको प्रतियोगिताबाट यात्रा समाप्त भएको छ।

अब चितवन र सुदूरपश्चिमबीचको प्रतिस्पर्धाले फाइनल पुग्ने अर्को टोलीको टुंगो लगाउनेछ। दुवै टोलीका लागि यो खेल उपाधि यात्रालाई निरन्तरता दिने निर्णायक अवसर बनेको छ।

नुम्बुर खबर

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *