रामेछाप । उमाकुण्ड गाउँपालिकाले स्थानीय कृषकहरूलाई निशुल्का बीउबिजन वितरण गरिएको छ । आर्थिक बर्ष २०८०/०८१ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सिजन अनुसार खाद्यन्न तथा तरकारीको उन्नत जातको बिउ विजन खरिद गरि वडा कार्यालय मार्फत कृषक तथा समुहहरूलाई वितरण गरिएको हो ।
त्यस्तैगरी उमाकुण्ड वडा नं. २ मा पनि वडा भित्रका १२ वटा टोल विकास समितिको प्रतिनिधि मार्फत हिजो मुल,गाँजार, साग, टमाटर, धनिया , काउली, बन्दा, सिबी लगायतका तरकारीहरूकाे बिउविजन तथा किटनाशक बिषाधी वितरण गरिएको २ नं. वडाका वडा अध्यक्ष खम्बाध्वज बस्नेतले बताउनुभयो ।
वितरण गरिएको बिउविजनको प्रभावकारी रूपमा उचित प्रयोग गर्नुपर्ने २ नं. वडाका वडा सदस्य ङावा तेम्बा शेर्पा कृषकहरूलाई अनुरोध गर्नुभयो ।
यसअघि गाउँपालिकाले वडा मार्फत किसानको माग आधारमा बिउवीजन खरिद गरि वितरण गर्ने भनी बजेट तथा कार्यक्रममा उल्लेखित रहेको थियोे । गाउँपालिकाले यो बर्ष कृषिमा एक करोड बराबरको बजेट विनियोजन गरिएको छ ।

Discussion about this post