यो वेबसाइट नुम्बुर खबर प्रा.लि. द्धारा सञ्चालित नुम्बुर खबर डट कम आधिकारिक न्युज पोर्टल हो । २१ औं शताब्दीको विश्व सूचना तथा सञ्चार प्रविधिमा निर्भर भइरहेको सन्दर्भमा सञ्चार माध्यामलाई प्रभावकारी रुपमा अत्याधुनिक तरिकाले सञ्चालनमा ल्याउनु सान्दर्भिक देखिएकाले समय परिवेश उपयुक्त यो नुम्बुर खबर डटकम पत्रिका सञ्चालनमा ल्याइएको हो । यस अनलाइनमार्फत ग्रामिण विकासलाई अग्रगति प्रदान गर्न जनतालाई सुसूचित गर्दै सही सुचना समयमा उपलब्ध गराउन सदैव प्रयासरत रहेर पत्रकारितालाई मर्या्दित बनाउने जमर्काे गरिने छ । सञ्चार माध्यम र सुचनासँग सम्बन्धित सम्पूर्ण कामहरू गर्दै आएको यस नुम्बुर खबर डटकम अनलाईन’ श्री नुम्बुर मिडिया सर्भिस प्रा.लि द्धारा सञ्चालित सञ्चार क्षेत्रमा क्रियाशील रहदै आएको एकमात्र सामुदायिक र विशुद्ध सञ्चार माध्यम हो । यसअघि विभिन्न मिडिय माध्यममार्फत सञ्चार क्षेत्रमा काम गरिरहेको पत्रकारहरु हाल यस नुम्बुर खबर अनलाईन पत्रिकामा विस्तार भई काम गर्ने व्यवसायीक पत्रकारहरुको धर्म निर्वाह गर्ने र जनतालाई स्वच्छ सुचना सुसुचित गर्ने मिडियाको रुपमा स्थापित भएको छ । विगत लामो समयदेखि विशेषगरी सुचनासँग सम्वन्धित सम्पुर्ण कामहरु गर्दै आएको पत्रकारहरु अब यस नुम्बुर खबर डटकम अनलाइनमा संगठित भएर नेपालीहरुको तेस्रो आँखाको रुपमा अगाडी वढाउने हाम्रो लक्ष्य छ । नागरिकको सूचनाको तिर्खा मेट्न ग्रामिण तहका कुना र काप्चामा वस्ने सोझा सिधा नागरिकहरुलाई पनि सुचना सुसुचित गर्ने र प्रविधि मार्फत देश विदेशमा रहेका सम्पुर्ण स्वदेश तथा विदेशीहरुलाई समेत सुचनाको पहुँचभित्र राख्ने हाम्रो पहिलो काम हुनेछ । बदलिदै गएको समयलाई मध्यनजर गर्दै स्थापित यस नुम्बुर खबर अनलाईन डिजिटल पत्रिका प्रविधिको एक पर्यायको रुपमा लिएका छौँ । हाम्रो कलम सधैभरी नागरिकलाई वास्तविक सुचना सम्प्रेषण गर्नेमा केन्द्रित हुनेछ । राष्टियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रका लागि डिजिटल पत्रिका नुम्बुर खबर डटकमले कसैसँग सम्झौता गर्ने छैन । तपाई पाठकहरुको सुझाव, प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौँ । धन्यवाद ।