Loading

उमाकुण्ड गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरी माविलाई

उमाकुण्ड गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरी माविलाई

रामेछाप । बाम्तीभण्डारमा भएको उमाकुण्ड गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरी माविले जितेको छ । १० स्वर्ण सहित चण्डेश्वरी माविले रनिङ शिल्डको उपाधि जितेको हो । कुल ३० विधामा उमाकुण्ड गाउँपालिका भित्रकाको सात वटा सामुदायिक माध्यमिक विद्यालयले सहभागिता जनाएको थियोे । जसमा चण्डेश्वरी माविले १० स्वर्ण, ६ रजत र २ काँस्य गरि जम्मा १८ पदक सहित रनिङ शिल्ड हात परेको थियोे । लगातार तीन पटक रनिङ शिल्ड जितेको चण्डेश्वरी माविले नगद रू २० हजार सहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा ८ स्वर्ण, ९ रजत र ७ कास्य गरि जम्मा २४ पदक सहित कैलेश्वर माविले दाेस्राे, ४ स्वर्ण, ७ रजत र ३ कास्य गरि जम्मा १४ पदक सहित जनता मावि तेस्रो र २ स्वर्ण ६ रजत र ६ काँस्य गरी कुल १४ पदक सहित सिद्धेशवर माविले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।

दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः नगद १५ हजार, दस हजार र पाँच हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्चपास सहित विधामा समेत विजेता र उपविजेतालाई गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवार सहितले सम्मान गर्नुभएको थियो ।

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नारा सहित उमाकुण्ड गाउँपालिकाकाे आयाेजनामा मंसिर १२ देखि १४ गते सम्म सञ्चालित गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताकाे समापन समाराेहमा प्रमुख अतिथि गाउँपालिकाको अध्यक्ष शेर बहादुर सुनुवार, विशेष अतिथि उपाध्यक्ष सावित्री सुनुवार, विभिन्न शाखा प्रमुखहरु, कर्मचारी जनप्रतिनिधि लगायत समाजसेवी बुद्धिजीवी खेल प्रेमी, विभिन्न स्कुलबाट प्रतिनिधि शिक्षकहरु, विद्यार्थी तथा खेलाडी दाजुभाइ तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै बिशेष अतिथी सावित्री सुनुवारले खेलकुदले अनुशासन र आपसी भाइचाराको विकास गर्ने भएकाले आजै उन्नति प्रगति गर्न स्थानीय तहले पुर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। त्यसैगरि कार्यक्रमका प्रमुख अतिथि तथा पालिका अध्यक्ष शेर बहादुर सुनुवारले हरेक क्षेत्रमा खेलकुद जोडिने भएकाे र आफू पनि खेलकुद क्षेत्रमा जोडिएको कारण उमाकुण्ड गाउँपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर बजेट व्यवस्था गरेको बताउनुभयो।
अन्त्यमा उमाकुण्ड खेलकुद विकास समितिका अध्यक्ष तथा सभा अध्यक्ष सुदीप सुनुवारले खेलकुदका बारेमा बताउदै ब्यस्त समयका बाबजुद उपस्थिति जनाएर भब्य रुपमा कार्यक्रम सफल गरिदिनु भएकोमा सम्पुर्णमा धन्यबाद ब्यक्त गर्नुभएको थियो ।

प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रेफ्री, स्वयंसेवक, व्यवस्थापक, प्रहरी, वडा कार्यालय, विद्यालय, टोल विकास समिति, स्वास्थ चौकी लगायतलाई मायाको चिनो र प्रसंशा पत्रबाट सम्मान गरिएको थियोे । गाउँपालिकाले प्रतियोगिताको लागि २५ लाख बजेट विनियोजन गरिएको थियोे जसमध्ये प्रत्येक माविलाई १ लाख २५ हजार र यातायात खर्च प्रदान गरिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *