Loading

इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आर्मी र मणिमुकुन्द क्लब विजयी

इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा आर्मी र मणिमुकुन्द क्लब विजयी

इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल

इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लब विजयी भएका छन् । बुटवलको रामनगर खेलमैदानमा आज भएको पहिलो खेलमा आर्मीले भारतको गुजरात स्टेट भलिबल एसोसिएशनलाई ३–१ को सेटमा हराएको हो । पहिलो सेट गुजरातले २५–१५ ले जितेको थियो । आर्मीले दोस्रो सेट २९–२७, तेस्रो सेट २५–२१ र चौथो सेट २५–२२ ले जितेको हो । यस्तै मणिमुकुन्दले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३–० को सोझो सेटमा हराएको छ । मणिमुकुन्दले पहिलो सेट २५–२१, दोस्रो सेट २५–१५ र तेस्रो सेट २५–२१ ले जितेको हो । यही पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ वटा टोली सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *