Loading

खेलकुद र सामाजिक विकास तर्फ टोल विकास संस्थाको भूमिका

खेलकुद र सामाजिक विकास तर्फ टोल विकास संस्थाको भूमिका

रामेछाप
आफ्नो गाउँ आफै बनाऊन भन्ने मूल नाराका साथ उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्ती भण्डारमा रहेको साेतर्मु टाेल विकास सस्थाले आफ्नो क्षेत्र भित्र रहेको एतिहासिक बौद्ध चैतेको पुनः निर्माण तथा टेबल टेनिस बोर्ड (खेल) निर्माण गरेको छ उक्त २ वटा संरचनाकाे आज उमाकुण्ड वडा नं २ का अध्यक्ष खम्बध्वज बस्नेतकाे प्रमुख अतित्यथामा उद्घाटन तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएकाे थियो।

रामेछाप जिल्लाकाे उत्तरी भेगमा पर्ने उमाकुण्ड गाउँपालिका वडा न २ साेतर्मु टोलमा वि.स १७५० ताका लामा गुरूहरूले निर्माण गरिएकाे लगभग ३५० वर्ष पुराने एैतिहासिक डल्लेमाने २०७२ सालकाे भुकम्प पछि पुन: साेतर्मु टाेल विकास समितिकाे पहलमा मर्मत गरि त्यसलाई फेरि पहिलेकै अबस्थामा ल्यईएकाे छ, जसका लागि उमाकुण्ड गाउपालिका २ साेतर्मु हाल अमेरिकको टेक्सास शहरमा बसाेबास गर्नुहुने समाजसेवि आङ साेनाम लामाले डल्लेमाने पुन निर्मानकाे लागि आर्थिक सहयाेग गर्नुभएकाे थियो ।

त्यस्तै उमाकुण्ड गा.पा २ मा रेहेकाे पुराने एैतिहासिक कृषि हाट बजार भित्र एउटा टेवलटेनिस बाेर्ड निर्माण गरिएकाे छ जसमा साेतर्मु टाेल विकास समिति का अध्यक्ष गजेन्द्र बहादुर बस्नेत साेतर्मु निवासि हाल यु.के मा रहनुहुने खेलप्रेमि आङ डेण्डि लामा काे आर्थिक सहयाेगमा निर्माण सम्पन्न भएकाे टेवलटेनिस वाेर्डकाे एक कार्यक्रम विच उमाकुण्ड गा.पा २ का वडा अध्यक्ष खम्वध्वज बस्नेत ले उद्घाटन गर्नुभएकाे थियाे भने उक्त टेवलटेनिस बाेर्डमा खेल्नकाे लागि विभिन्न खेलकुद सामग्रि भने साेतर्मु निबासि हाल अमेरिका बसाेबास गर्नुहुने झमक कार्किकाे आर्थिक सहयाेगमा वितरण भएकाे थियाे ।
कार्यक्रममा बाेल्दै यस्ताे विकास काे गतिबिधि हरूमा सहभागी भएर सबै समुदाय मिल्न सके स्थानिय सरकारलाई पनि विकाशकाे अनुभूती हुने कुरा प्रमुख अतिथिले बताउनुभयो साथै खेलकुद विकास काे लागि टाेल-टाेल बाट यसैगरि जागरुक बनाउन सके भाेलिकाे दिनमा उमाकुण्ड भित्र विबिन्न बिधाको खेलाडिहरू उत्पादनमा सहयाेग पुग्न सक्ने कुरा खेलकुद विकास समिति वडा नं २ का अध्यक्ष दिपक बस्नेतले बताउनुभयाे ।

शनिबार सम्पन्न कार्यक्रम मा एैतिहासिक कृषि हाट बजारलाई व्यबस्थित ब्यबस्थित बनाउने उधेश्यका साथ बस्नकाे लागि फलामे कुर्सी वितरण गर्नुहुने श्री समृद्धि बचत तथा ऋण सहकारि संस्था, त्यस्तै साेतर्मु टाेल विकास समितिलाई बिरामी बोक्ने स्टेचर वितरण गर्नुहुने यसै वडामा रहेको रत्नज्योति टोल बिकास समिति, डल्लेमाने मर्मत, टेवलटेनिस वाेर्ड निर्माण तथा खेलकुद सामग्रि सहयाेग गर्नुहुने सहयाेगि हरूलाई सम्मान पत्र वितरण तथा खर्चहरूकाे सार्वजनिक सुनुवाई गरिएकाे थियाे ।
उक्त कार्यक्रममा उमाकुण्ड खेलकुद विकास समितिका सदस्य तथा उमाकुण्ड खेलकुद विकास समिति वडा न. २ अध्यक्ष दिपक बस्नेत स्थानिय बुद्धिजीवी विभिन्न संंघ संस्था राजनीति दल तथा स्थानिय वासिहरूकाे उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *