Loading

भूकम्पबाट क्षति भएका निजी घरहरूको आंकलन गर्न प्राविधिकसहितको टोली जाजरकोट र रुकुममा

भूकम्पबाट क्षति भएका निजी घरहरूको आंकलन गर्न प्राविधिकसहितको टोली जाजरकोट र रुकुममा

काठमाडौँ । पश्चिम नेपाल भूकम्पबाट क्षति भएका निजी घरहरूको पुनर्निर्माणका लागि विस्तृत क्षति आंकलन गर्न प्राविधिकसहितको टोली जाजरकोट र रुकुम पश्चिम पुगेको छ ।

प्राधिकरणका उपसचिवहरु वेदनिधि खनाल, सुदीप विक्रम भट्ट र रामबहादुर केसीसहितको टोलीले आज जाजरकोट पुगेर त्यहाँका स्थानीय पालिका, सहरी विकास मन्त्रालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट खटिएका इन्जिनियरहरूलाई तालिम दिएको छ ।

उनीहरू पर्सिदेखि फिल्डमा खटिनेछन् । रुकुम पश्चिममा पर्सि र निकपर्सि तालिम सम्पन्न गरी टोली खटिने राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा भिष्म कुमार भुसालले बताउनुभयो ।

यसपछि रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा तालिम सम्पन्न गरी अर्को टोली त्यहाँको विस्तृत क्षति आंकलन गर्न खटिने छ ।

पुल्चोक इन्जिनियरिङ्ग अध्ययन संस्थानको प्राविधिक टोलीले पनि आजदेखि जाजरकोटको भेरी नगरपालिका र नलगाढ नगरपालिकाका विभिन्न वडाहरुमा विस्तृत क्षति आंकलन सुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *