Loading

बजारमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

बजारमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ४.५९ अंकले बढेर २६४०.५४ विन्दुमा बन्द भएको छ।

आज बजारमा तीव्र उतारचढाव देखिएको थियो । दिनको अधिकांश समय बजार नकारात्मक भए पनि अन्तिम समयको सुधारले बजारालाई बढाएको हो ।

बजार बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ५ अर्बभन्दा माथिको कारोबार भएको बजार आज ४ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। दिनभरमा ३२८ कम्पनीका १ करोड ४ लाख ३१ हजार कित्ता शेयर ६९ हजार २६१ पटक खरिदबिक्री भएका थिए ।

आज कुल १२९ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । ११५ कम्पनीको मूल्य ओरालो लागेको छ भने बाँकी १५ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।

आजको बजारमा आज साञ्भी इनर्जीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यसको शेयर मूल्य ८.१६ प्रतिशतले बढेर ७९५ रुपैयाँ पुगेको छ । त्यस्तै, एसबाई प्यानलको मूल्य ५.७१ प्रतिशत र खानीखोला हाइड्रोपावरको ४.६३ प्रतिशतले बढेको छ। सुपर मादी हाइड्रोपावरको मूल्य सर्वाधिक ३.९० प्रतिशतले घट्नु नै आजको सर्वाधिक गिरावट रह्यो ।

बजारमा आज बैंकिङसहित सत समूह सकारात्मक हुँदा ६ समूहमा गिरावट आएको छ । सबै समूहमा एक प्रतिशत भन्दा कमको उतारचढाव देखिन्छ ।

कारोबार रकमका आधारमा आज सायपत्री हाइड्रोपावर अग्रस्थानमा रहेको छ। यस कम्पनीको २० करोड ६ लाख ३२ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। यस्तै, बन्दीपुर केवलकारको १७ करोड ६० लाख र साञ्भी इनर्जीको १५ करोड ८९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *