सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्नका लागि समितिले सम्पूर्ण रामेछाप भित्रका शेर्पा विद्यार्थी, शेर्पा संघ जिल्ला समन्वय समितिहरू, बुद्धिजीवी, राजनीतिज्ञ, शिक्षक, कर्मचारी, व्यवसायी, पत्रकार तथा सरोकारवालालाई उपस्थितिका लागि अनुरोध गरेको छ। पहिचान र अधिकारको खोजीमा रहेका शेर्पा युवा विद्यार्थीहरूको सक्रियतालाई यस अधिवेशनले थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।