Loading

कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने

कांग्रेस विशेष महाधिवेशनमा ५६.१२ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए बन्दसत्र सोमबार बिहानदेखि सुरु हुने

काठमाडौँ ।

नेपाली काँग्रेसको विशेष महाधिवेशनमा ५६.१ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् ।

विशेष महाधिवेशन उद्घाटन समरोहमा ६२ प्रतिशत प्रतिनिधि सहभागी भएर नाम दर्ता गराएका हुन् ।

 

काँग्रेसमा ४७ सय ४३ महाधिवेशन प्रतिनिधि छन् ।

असोज २९ गते ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग भएको थियो । संस्थापन पक्षले बेवास्ता गरेपछि महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरेका थिए ।

नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि (सोमबार) बिहान ८ बजेबाट सुरु हुने भएको छ ।
विशेष महाधिवेशन पक्षधर नेता मनोजमणी आचार्यले बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने उद्घाटन सत्रको अन्त्यमा जानकारी दिए ।

बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूले नीति र नेतृत्व परिवर्तन गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *