Loading

श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

श्रम संस्कृति पार्टीद्वारा समानुपातिक सांसद चयन

काठमाडौँ। प्रतिनिधि सभाका लागि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदहरूको सूची तय गरेको छ।

पार्टी अध्यक्ष हर्क साम्पाङ तथा अन्य पदाधिकारीहरूको बैठकले शुक्रबार समानुपातिक सांसद टुंगो लगाएको जानकारी प्राप्त भएको छ। यसअन्तर्गत पार्टीले समानुपातिकतर्फ चार सांसद पाउने अधिकार प्राप्त गरेको थियो।

समानुपातिक सांसदमा चयन हुनेमा आदिवासी महिलाबाट मन्दिरा मोक्तान (हेटौँडा), खस आर्य महिलाबाट अम्बिका संग्रौला, दलित समुदायबाट राधिका रम्तेल (सुर्खेत) र आदिवासी जनजातिबाट पूर्ण लिम्बू रहेका छन्। लिम्बू पूर्व गोर्खा सैनिक हुन्।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *