Loading

शिलालेख माने संरक्षणका लागि अमेरिकबाट आर्थिक सहयोग

शिलालेख माने संरक्षणका लागि अमेरिकबाट आर्थिक सहयोग

रामेछाप । आफ्नो धर्म संस्कृति सम्पदाको संरक्षण गरौं भन्ने नारा सहित पुरातात्त्विक महत्त्व बोकेको संस्कृति सम्पदा बौद्ध मन्त्रको शिलालेखा माने संरक्षण गर्न अमेरिकन गुम्देल ट्रस्टको अध्यक्ष ल्हाक्पा तेन्जी शेर्पाको नेतृत्वमा आर्थिक सहयोग संकलन गरि पठाएको छ ।

विदेशी भूमिमा बसेर पनि आफ्नो धर्म संस्कृतिलाई जोगाउन पुरानो माने सरसफाइ तथा निर्माणकार्यका लागि शेर्पाको नेतृत्वमा अमेरिकमा संकलित ४० हजार आर्थिक सहयोग संकलन गरी रातोतारा युवा क्लबलाई पठाएको छ ।

माने निर्माणका लागि अमेरिकमा बसोबास गर्दै आउनुभएको उमाकुण्ड-१, क्यामा निवासी पेम्बा शेर्पाले रू १० हजार , उमाकुण्ड-१,लाछेवार निवासी जाङ्बु शेर्पाले रू १० हजार, उमाकुण्ड-१, लाछेवार निवासी पासाङ रिन्जी शेर्पाले रू १० हजार र उमाकुण्ड-१, तेछिम निवासी ल्हाक्पा तेन्जी शेर्पाले रू १० हजार सहित ४० हजार पठाएको छ ।

साथै उमाकुण्ड-१, क्यामा, हाल कोरियामा रहनु भएको लोपेन ङिमा साङ्गे शेर्पा र उमाकुण्ड-१, क्यामा हाल सिक्किममा रहनु भएको लेपेन थुप्तेन शेर्पा लगायत अन्य व्यक्तिहरूले पनि माने संरक्षणका लागि सहयोग गर्नुभएको छ ।

हाल अमेरिक बसोबास गर्दै आउनुभएको ल्हाक्पा तेन्जी शेर्पा र कोरियामा रहनु भएको लोपेन ङिमा साङ्गे शेर्पाले रातोतारा युवा क्लबले गर्दै आएको कार्यको प्रशंसा गर्दै उक्त संस्था मार्फत पारदर्शी र निष्पक्ष रूपमा काम गरेको बताउनुभयो ।

विभिन्न कामको सिलसिलामा विदेशी भूमिमा बस्न दिवस भएपनि दैनिक एक डलर आफ्नो मातृभूमिलाई भन्ने अभियान साथ आफ्नो जन्मभूमि प्रति अथाह माया हुने बताउदै ल्हाक्पा तेन्जी शेर्पाले आफ्नो देशको विकासमा आफूले सक्ने आर्थिक सहयोग गर्ने बताउनुभयो ।

ल्हाक्पा तेन्जी शेर्पाले विभिन्न संघसंस्था मार्फत यस अगाडिको दिनहरूमा पनि रामेछापको उत्तरी भेगको शैक्षिक र धर्मिक लगायत दैवीप्रकोप क्षेत्रमा आर्थिक सहयोग गरी ठुलो योगदान दिनुभएको छ । उहाले पुर्‍याउनु भएको योगदानलाई गुम्देल बासीले कहिले  नबिर्सेका सम्झना भएको छ ।

संस्थाले प्राप्त भएको आर्थिक रकमबाट गाउँका धर्मगुरू तथा बुद्धिजीवीसंग छलफल गरेर निष्पक्ष रूपमा तत्काल काम गर्ने रातोतारा युवा क्लबको सचिव ङापेम्बा शेर्पाले बताउनुभयो । क्लब भनेको एउटा सामाजिक संस्था भएकोले उहाहरूले पठाएको रकमलाई दुरुपयोग नहुने गरि दृिर्गाकालिन रूपमा धेरै प्रतिफल देखिने गरी काम गर्ने पनि सचिव शेर्पाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *