Loading

सात दिने भाषण तथा उद्घोषण क्षमता अभिवृद्धी तालिम समापन तथा प्रमाणपत्र बितरण कार्यक्रम

सात दिने भाषण तथा उद्घोषण क्षमता अभिवृद्धी तालिम समापन तथा प्रमाणपत्र बितरण कार्यक्रम

नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति रामेछापको साप्ताहि कार्यक्रम अन्तर्गत माघ १६ देखि माघ २१ गते सम्म ,७ दिने नेपाली भाषा आधारभूत भाषण तथा उद्घोषण क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको हो। उक्त कार्यक्रम जिल्ला कार्यसमितिको सभा हल उमाकुण्ड २ देउरालीमा भएको थियो।

कार्यक्रममा उमाकुण्ड गाउँपालिकाको अध्यक्ष शेरबहादुर सुनुवारको प्रमुख अतिथि,नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति रामेछापको अध्यक्ष नुरी शेर्पा सभापतिका रुपमा हुनुहुन्थ्यो। त्यसैगरि उमाकुण्ड गाउँपालिकाको उपाध्यक्ष उर्मिला कार्की बस्नेत, उमाकुण्ड वडा नं. २ का अध्यक्ष खम्बाध्वाज बस्नेत,नेपाल शेर्पा संघ केन्द्रीय कार्यसमितिका सह कोषाध्यक्ष बाबुकाजी शेर्पा, रामेछाप शेर्पा किदुकका प्रतिनिधि, नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति रामेछापको अध्यक्ष पासाङ दिकु शेर्पा, हिमालयन शेर्पा संस्कृति केन्द्रको जिल्ला कार्यसमितिको अध्यक्ष ल्हाक्पा शेर्पा लगायतका अतिथिका रुपमा हुनुहुन्थ्यो।

कार्यक्रममा मुख्य प्रशिक्षकका रुपमा हिमालयन शेर्पा संस्कृति केन्द्रका महासचिव तथा व्यावसायिक प्रशिक्षण सेर्कु शेर्पा हुनुहुन्थ्यो।
प्रमुख अतिथि गाउँपालिकाको प्रमुख शेरबहादुर सुनुवारले युवाहरुको क्षमता अभिबृद्धिका यस्ता खालका कार्यक्रम अनिवार्य जस्तै बन्दै गएको बताउनुभयो। युवाहरुको क्षमता अभिबृद्धिका लागि आफुले सक्दो प्रयास गर्ने उहाँले बताउनुभयो।

त्यसैगरि कार्यक्रममा प्रशिक्षक एवं हिमालयन शेर्पा संस्कृत केन्द्रका महासचिव सेर्कु शेर्पाले तालिममा सिकेका ज्ञान,सीपलाई पूर्णरुपमा व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्नुभएको थियो। अनुभाव राख्ने क्रममा प्रशिक्षार्थी लक्ष्मी महर्जनले क्षमता अभिबृद्धि तालिम लिन पाउदा आफुले यस तालिमबाट धेरै कुराहरु सिक्न सफल भएको साथै आफुले आफ्नो देशको चिनारी राख्नु पर्छ भन्ने प्रेरणा यस कार्यक्रममार्फत पाएको पनि बताउनुभयो।

कार्यक्रमको संयोजक नेपाल शेर्पा संघ जिल्ला कार्यसमितिको निवर्तमान अध्यक्ष ङातेम्बा शेर्पा हुनुहुन्थ्यो।उहाँले उपस्थित सम्पूर्णलाइ धन्यवाद एवं सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो। उक्त कार्यक्रममा ४७ जना प्रशिक्षार्थी हरुलाई प्रमुख अतिथि ले प्रमाणपत्र बितरण पनि गरेको थियो ।

नेपाल शेर्पा संघ केन्द्रीय कार्यालय र रामेछाप शेर्पा किदुकको प्रयोजनमा सञ्चालित उक्त ‘एक हप्ते नेपाली भाषा आधारभूत भाणष तथा उद्घोषण तालिम’ अन्तर्गतको यो पहिलो कार्यक्रम रहेको थियो। यस्तो कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गर्ने नेपाल शेर्पा संघ जिल्ला कार्यसमितिको अध्यक्ष नुरी शेर्पाले जानकारी दिनुभयो।

साथै गाउँपालिकाको प्रमुखद्वारा उमाकुण्ड गाउँपालिकामा माघ ३० गते ग्याल्पो लोसारको सार्वजनिक विदा दिने घोषणा पनि गर्नुभएको नेपाल शेर्पा संघको केन्द्रीय सह कोषाध्यक्ष बाबुकाजी शेर्पाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *