Loading

ओखलढुंगा कला साहित्य समाजले बडा दशै तथा शुभ दिपावलीको शुभकामना सहित कलाकारिता आपतकालीन कोष शुभारम्भ कार्यक्रम सम्पन्न ।

ओखलढुंगा कला साहित्य समाजले बडा दशै तथा शुभ दिपावलीको शुभकामना सहित कलाकारिता आपतकालीन कोष शुभारम्भ कार्यक्रम सम्पन्न ।

काठमाडौ,२४ असोज । ओखलढुंगा कला साहित्य समाजले बडा दशै तथा शुभ दिपावलीको अवसरमा अोखलढुङ्गको सभासद यज्ञराज सुनुवारको प्रमुख अतिथित्वमा कलाकारिता आपतकालीन कोषा स्थापना गर्न परिचायत्मक तथा शुभकामना आदानप्रदान कार्यक्रम हिजो काठमाडौको ए वान पार्टी प्यलेस,चावहिलमा सम्पन्न गरियो ।

कलाकारिता आपतकालीन कोष स्थापन शुभारम्भ तथा शुभकामना आदानप्रदान सहित परिचयात्मक कार्यक्रममा राष्ट्रिय गानको रचनाकर प्रदिपा राई (ब्यकुल महिला),सभासद बालकृष्ण ढुङ्गेल लगायत नेपाल शेर्पा संघ ,हिमालयन संस्कृति केन्द्र ,शेर्पा महिला संघ प्रमुख तथा प्रतिनिधिहरू,विभिन्न कलाकारहरू,अोखलढुङ्गको सम्पुर्ण साहित्यकर्मीहरूको व्यापक सहभागिता भएको थियोे ।

कार्यक्रम बोल्दै सभासद यज्ञराज सुनुवारले अोखलढुङ्ग जिल्लाको बिकासमा अझ बढी जोड दिने र अब छिटै अोखलढुङ्गमा साहित्य पार्कको स्थापन गर्न आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने बताउनुभयो । त्यस्तै साहित्यकार ब्यकुल महिलाले आफ्नो जिल्लाको बिकासमा नवीन सोचाइ भएको ब्यतिको जन्म भएको र धेरै कलाकारहरु भएको ठाँउ अोखलढुङ्गको बिकासमा सरकारी पक्षले पनिले जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रम समापन गर्दै सभा अध्यक्ष गोम्बु शेर्पाले आफू विगत सत्र बर्ष अमेरिकमा बिताएको र अब आफ्नै जन्मभूमि नेपालमा बसेर समग्र कलाकारिता क्षेत्र तथा अोखलढुङ्ग जिल्लालाई साहित्यलाई विश्व सामु चिनाउने बताउनुभयो । साथै कलाकारहरूको आपतकालीन कोष स्थापन गर्ने यसबाट सबैलाई सहयोग गर्ने पनि बताउनुभयो । चार बर्ष भित्र ब्यकुल महिला राष्ट्रिय पुरस्कार स्थापन गरि प्रदान गर्ने र सम्पुर्ण कलाकाहरुलाई एकेवद्ध गरि अगाडि बढ्दै जाने पनि अध्यक्ष गोम्बु शेर्पाले जानकारी दिनुभएको थियोे । कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरूलाई सम्मान पनि गरेको थियो । अर्को कार्यक्रम बैशाखमा हुने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *