Loading

अमेरिकामा भीषण आँधी

अमेरिकामा भीषण आँधी

अमेरिकाको केन्टकी राज्यमा भीषण आँधीका कारण अहिलेसम्म ५० जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ।

राज्यका गभर्नर एन्डी बेसियरले यसलाई केन्टकीको इतिहासमा सबैभन्दा भयानक आँधी भनेका छन्।

बीबीसीका अनुसार उनले मृतकको संख्या सय पुग्न सक्ने बताएका छन्।

अमेरिकाका धेरै राज्यहरूमा आँधी चलिरहेको छ, जसका कारण धेरै कर्मचारी अमेजनका गोदाममा फसेका छन्।

न्युयोर्क टाइम्सका अनुसार आँधी आउने बेला मेफिल्डको केन्डल बनाउने कारखानामा करिब १०० जना मानिस थिए।

बेसियरले भनेका छन्, ‘मलाई लाग्छ तीमध्ये कम्तीमा १२ जना हामीले गुमाएका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *