Loading

भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावत सवार हेलिकप्टर दुर्घटना

भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावत सवार हेलिकप्टर दुर्घटना

बुधबार भारतीय वायु सेनाको एउटा हेलिकप्टर दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।

भारतीय सेनाका पूर्वप्रमुख विपिन रावत चढेको हेलिकप्टर तमिलनाडु राज्यको कुनुरमा दुर्घटना भएको थियो।प्रेस ट्रस्ट अफ इन्डियाले हेलिकप्टरमा सवार १४ मध्ये १३ जनाको मृत्यु भएको बताएको छ। दुर्घटनापछि हेलिकप्टरमा आगो लागेकाले शवहरू पहिचान गर्न कठिन भएको छ। उनीहरूको डिएनए परीक्षणबाट पहिचान गरिने समाचारमा जनाइएको छ।

दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति बनाइएको छ।रावत यसअघि भारतीय सेनाका प्रमुख थिए। उनीपछि मनोजमुकुन्द नरवाणे सेना प्रमुख भएका छन्। रावत अहिले भारतको चिफ अफ डिफेन्स स्टाफ थिए। यो पद केही महिना अघिमात्रै सिर्जना गरिएको हो। पहिलो चिफ अफ डिफेन्स स्टाफको रूपमा रावतले २०२० जनवरीदेखि काम थालेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *