Loading

रामेछापको बाम्तीभण्डारमा दश सैैाया अस्पतालको शिलान्यास

रामेछापको बाम्तीभण्डारमा दश सैैाया अस्पतालको शिलान्यास

रामेछाप । अस्पताल नभएका प्रत्येक स्थानीय तहमा पाँच शय्या, दश शय्या र पन्ध्र शय्याका अस्पताल निर्माण गरी ग्रामीण क्षेत्रमा प्राथमिक स्वस्थ्य सेवा विस्तार गर्ने सरकारी नीति अनुरूप रामेछापको उमाकुण्ड २, बाम्तीभण्डारमा पनि उमकुण्ड गाउँपालिकाको प्रमुख शेर बहादुर सुनुवारले दश शय्या अस्पतालको शिलान्यास गर्नु भएको छ ।

लगभग दश करोड ८४ लाखमा निर्माण हुनलागेको उक्त अस्पताल निर्माण पश्चात् रामेछाप उमाकुण्ड वडा नं. १,२ र ३ तथा सोलुखुम्बुको लिखुपिके,रामेछापको गोकुलगंगाका केही नागरिकलाई स्वास्थ्य सेवा लिन सजिलो हुनेछन् । दश शय्याको अस्पताल निर्माण पश्चात् दुईजना मेडिकल अफिसर सहित १७ जना स्वस्थ्यकर्मीहरूको दरबन्दी हुनेछन् ।

दुई बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो अस्पताल निर्माणका लागि स्थानीयबाट ८ रोपनी जग्गा प्राप्त भएको र केही जग्गा अपुग भएकाे पनि गाउँपालिका प्रमुख सुनुवारले एक अनौपचारिक कुराकानीमा बताउनु भएको थियो ।

उमाकुण्ड वडा नं. २ का वडा अध्यक्ष खम्बाध्वज बस्नेतको सभापतित्वमा भएको उक्त शिलान्यास कार्यक्रममा उपाध्यक्ष उर्मिला कार्की बस्नेत, प्रमुख प्रशासकीय प्रमुख इश्वरी प्रसाद सुवेदी, वडा नं. ३ का वडाअध्यक्ष रमेशकुमार सुनुवार,  स्वस्थ प्रमुख दिपेन्द्र कुमार पैकारा,
विभिन्न संघ संस्था प्रमुख तथा प्रतिनिधिहरू लगायत बाम्तीभण्डार आसपासका सरोकारवाला नागरिकहरूको उपस्थिति थियोे ।

शिलान्यास कार्यक्रम बोल्दै भक्तहरूले अस्पतालको निर्माण तथा स्तरोन्नति लगायतका कार्यमा आ-आफ्नो तर्फबाट साथ र सहयोग गर्ने प्रतिबद्धता गर्नुभएका छन् । तर यस अगाडि पनि यस वडामा अस्पतालको भवन निर्माण कार्य भइरहेको छ ।

देशभरका सातै प्रदेशमा एउटै डिभिजनका तीन सय ९६ आधारभूत अस्पताल बनाउन लगभग ५८ अर्ब बजेट अवश्य पर्ने अनुमान गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *