Loading

भालुको आक्रमणबाट रामेछापको डोल्मा शेर्पा गम्भीर घाइते

भालुको आक्रमणबाट रामेछापको डोल्मा शेर्पा गम्भीर घाइते

२० असोज । गौरीशंकर संरक्षण क्षेत्र भित्र पर्ने रामेछापको गुम्देलमा चौरीगोठबाट न्युना रक्तचाप रोगको उपचारका लागि मेडिकल आउने क्रममा बाटोमा भालुको आक्रमणबाट उमाकुण्ड-१,चामरू स्थायी घर भएको डोल्मा शेर्पा गम्भीर घाइते भएको छ ।

प्रेसर रोगले ग्रसित शेर्पाको केहीदिन अगाडि काठमाडौंमा उपचार गरेर आएको र अौषाधि सकिएकाले थप उपचारको लागि मेडिकल जाने क्रममा बाटोमा उमाकुण्ड वडा नं. १ मा पर्ने गुन्सा भन्ने स्थानमा बिहान साढे ८ बजेको समय अन्दाजी ४५ बर्षे शेर्पालाई एक्कासि भालुले आक्रमण गरिएको छ ।

भालुको आक्रमणबाट घाइते शेर्पाको अनुहार लगायत शरीरको विभिन्न स्थानमा गहिरो चोट लागेको छ । घाइते शेर्पाको शरीरबाट धेरै रगत बगेको कारण सामान्य उपचार पछि तत्काल उहाँलाई थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौं लान मौसम नखुलेको कारण नजिक पर्ने दोलखाको जिरी अस्पतालमा पठाएको स्थानीय बासिन्दा दानुरी लामाले बताउनुभएको थियोे । घाइते शेर्पा अवस्था चिन्ताजनक भएकोले आजै त्यहाबाट काठमाडौं रिफर गरिएको जानकारी प्राप्त भएको छ ।

बनको क्षमता भन्दा बढी जंगली भालु र जंगली जनावर वृद्धि भएको कारण गाउँघरमा प्रवेश गरेर मानिस लगायत पशुपंछि तथा कृषि बालीमा आक्रमण गर्न थालिएको हुनसक्ने भन्दै यस क्षेत्रमा बढी भएको बन्यजन्तुहरूलाई प्राविधिक सहायता लिएर अन्यत्र जंगली जनावर कम भएको स्थानमा पठाउनुपर्ने दानुरी शेर्पाले बताउनुभएको छ ।

यो भन्दा बाह्र बर्ष अगाडि उक्त डोल्मा शेर्पालाई आक्रमण गरिएको स्थानमा भालुको माउ र बच्चा भेटिएको र यसैको सन्तान वृद्धि भएर हाल यस क्षेत्रमा भालुको विगविघी बढेको हुनसक्ने पनि दानुरी शेर्पाले बताउनुभएको थियोे । हिमाली क्षेत्रमा चिसोपन बढ्न थालेसंगै भालु गर्मी स्थानमा आउन थालिएको कारण बिहान बेलुकी गाउँघरमा एक्लै यात्रा गर्न असहज हुन थालेको छ ।

यस बर्ष मात्र गुम्देल लगायत आसपासका क्षेत्रमा भालुको टोकाइबाट धेरै जना घाइते भएका छन् । तर यस अगाडिका दिनहरूमा गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले घाइतेलाई दिने क्षेतिपुर्तिमा पीडितलाई सहीछाप गर्न लगाई उनीहरूकै कर्मचारीहरू बीचमै चलखेल हुन खोजिएको केही प्रमाणहरू रहेको भन्दै क्षेतिपुर्ति दिदा सिधै पीडितलाई प्रदान गर्नुपर्ने पीडितहरूको माग रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *