Loading

ठगीको आरोपमा पर्चुगलबाट एक जना नेपाली पक्राउ

ठगीको आरोपमा पर्चुगलबाट एक जना नेपाली पक्राउ

काठमाडौं । एक जना नेपालीलाई नेपाल प्रहरीले पोर्चुगलवाटै पक्राउ गरेर ल्याएको छ । नेपालमा ठगी गरेर पोर्चुगल पुगेका नेपालीलाई पक्राउ गरेर ल्याइएको हो । नेपाल प्रहरीको इन्टरपोल शाखाले युरोपेली मुलुक पोर्चुगल पुगेर काभ्रेपलान्चोक घर भएका केदार ढुङ्गानालाई पक्राउ गरेको हो ।

उनलाइै शनिवार विहान नेपाल ल्याइएको छ । पक्राउ गर्न पोर्चुगल पुगेको प्रहरी डिएसपी सहितको टोली शनिवार बिहान ११ बजे केदारलाई लिएर काठमाडौंमा ल्यान्ड भएको हो। उनलाई पोर्चुगलबाट नेपाल ल्याएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए।

ढुङ्गानाले तत्कालीन एनडीईपी डेभलपमेण्ट बैंकबाट ठगी गरेर २ करोड रुपैयाँ लिएका थिए। त्यस्तै, अन्य मानिससँग पनि लाखौं रुपैयाँ ठगी गरेको उजुरी परेको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइवी) को टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। उनीविरुद्ध काठमाडौं जिल्ला अदालत, ललितपुर जिल्ला अदालत र उच्च अदालत पाटनमा मुद्दा छ।

ढुङ्गाना युरोपमा व्यापार गरेर बसेको खुलेपछि प्रहरीले इन्टरपोलको सहयोगमा नियन्त्रणमा लिएको हो। उनी त्यहाँ बिजनेस भिसामा पुगेका थिए।

काभ्रेपलाञ्चोक जिल्ला साबिकको सापिङ गाविस ४ र हालको भुम्लु गाउँपालिका १ का केदार ढुङ्गाना खासमा यातायात व्यवस्था कार्यालय एकान्तकुनामा लेखापढीको काम गर्थे । सेवाग्राहीको काममा सहजीकरण गरिदिने उनलाई यातायातका ‘दले दाइ’ भनेर चिनिन्थ्यो । ढुङ्गानाले एउटा रिकण्डिसन शो रुम पनि चलाएका थिए भने कोटेश्वरमा कार्यालय पनि खोलेका थिए ।

यातायातका साधन सम्बन्धी काम गर्ने उनलाई आफ्नै गाउँका नारायणबहादुर श्रेष्ठले साथ दिए । उनीहरु मिलेर नक्कली बिलबुक लगायतका कागजात तयार गरेर बैंकमा ऋण लिन कागजात पेश गरे । नारायणबहादुर श्रेष्ठङ्कर थियो । जुन तातोपानी, काठमाडौँ र खासासम्म पुग्थ्यो । ब्यवसायी भएकाले बैंकले श्रेष्ठलाई विश्वास गर्यो । त्यसपछि उनीहरुले यातायतका नक्कली कागजात तयार गर्ने र नक्कली मान्छे खडा गरेर ऋण लिन थाले ।

 

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *