Loading

दोस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि ठोसे युवा क्लबलाई

दोस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि ठोसे युवा क्लबलाई

रामेछाप । सिद्धेश्वार माध्यमिक विद्यालय उमाकुण्ड-२,बाम्तीभण्डारको आयोजना तथा नेपाल शेर्पा संघ संघीय कार्यसमितिको अध्यक्ष तथा उद्योगपति गेल्जे शेर्पा लामाको प्रयोजनमा फागुन २३ गतेदेखि सञ्चालन भएको दोस्रो खुल्ला भलिबल प्रतियोगिता आज समापन भएको छ ।

उमाकुण्ड गाउँपालिकाको उपाध्यक्ष उर्मिला कार्की बस्नेतको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा भलिबल खेल प्रायोजक गेल्जे शेर्पा लामा, वडा नं. २, बाम्तीभण्डारको अध्यक्ष खम्बाध्वज बस्नेत, वडा नं. ३, कुम्बुकास्थलीको वडा अध्यक्ष रमेशकुमार सुनुवार,वडा सचिव, वडा सदस्य लगायत शिक्षा युवा तथा खेलकुद शाखाको प्रा.स. ङावा शेर्पा, विभिन्न पार्टी प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावकहरूको उपस्थिति रहेको थियो ।

१२ टिम सहभागी प्रतियोगितामा आज भएको फाइनल प्रतियोगितामा टिम ठोसेले शिवालय युवा क्लबलाई ३-१ को सेटमा हराउँदै सिल्ड, मेडल, प्रमाणपत्र र रु.६०,०००/- हासिल गर्न सफल भएको हो । दोस्रो हुने शिवालय युवा क्लबले सिल्ड, मेडल प्रमाणपत्र र रु.४०,०००/- प्राप्त गरेको छ भने तेस्रो हुने खेलकुद विकास समिति रावदोलु टिमले सिल्ड, मेडल, प्रमाणपत्र र रु.२५,०००/- प्राप्त गरेको र सान्त्वना हुने कुम्बुकास्थली वडा कार्यालय टिमले रू १५,००० साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।

भलिबल खेलको प्रायोजक गेल्जे शेर्पा सिद्धेश्वार माध्यमिक विद्यालयको पुर्व विद्यार्थी हुनु हुन्छ । शेर्पाले यस विद्यालयमा तीन बर्षसम्म निरन्तर भलिबल खेला सञ्चालन गर्ने र त्यस्तै गोकुलगंगाको साङ्ब डाडा विद्यालय, देउरालीको थोदुङ्ग आ.वि., सिमको सिद्धर्थ बौद्ध आ.वि., थोदुङ्गको थोङ्डोल आ.वि. र बाम्तीभण्डारको सिद्धेश्वार मा.वि. का विद्यार्थीहरूलाई ट्रयक्सुड वितरण गर्दै आउनुभएको छ ।

कार्यक्रम बोल्दै शेर्पाले विद्यार्थीहरूलाई गुरूहरूको आज्ञापालन गर्नुपर्ने र भविष्यमा सफल भएर आफ्नो जन्मभूमिलाई माया गर्नुपर्ने बताउनुभयो । साथै हाल सञ्चालित कार्यक्रमलाई निरन्तरता दिदै अन्य विद्यालयलाई पनि सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै उर्मिला कार्की बस्नेतले रामेछापको आठ वाट स्थानीय तह मध्ये उमाकुण्ड गाउँपालिकाले धेरै बजेट विनियोजन गरेको र निजी क्षेत्रबाट शिक्षा गरिएको लगानीले अझै थप शैक्षिक सुधार हुने बताउनुभयो । साथै गाउँपालिका तर्फबाट शिक्षा क्षेत्रमा निरन्तर सहयोग गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *