अण्डर–१८ साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, भुटान र माल्दिभ्सको सहभागिता थियो । राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगिता शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने नियमका आधारमा नेपालले उपाधि जितेको हो । सुरुको खेलमा भुटानसँग १–० ले पराजित भएको नेपालले गत सोमबार बंगलादेशलाई २–१ ले हराएको थियो भने शुक्रबार माल्दिभ्सलाई २–० गोलले हराएको थियो ।