Loading

रामेछाप शेर्पा किदुगले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

रामेछाप शेर्पा किदुगले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । रामेछाप शेर्पा किदुगको आयोजनामा शेर्पा सेवा केन्द्र काठमाडौ बौद्धमा वृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।कार्यक्रममा किदुगका सदस्य, लामा धर्मगुरू, पुलिस, ट्रफिक लगायत विभिन्न शेर्पा समुदायका समाजसेवीहरूले भाग लिएको थियोे ।

रक्तदान कार्यक्रममा ३० पाउण्ड रगत संकलन गरिएको संस्थाको अध्यक्ष ल्हाक्पा तेन्जी शेर्पाले बताउनुभयो ।रामेछाप शेर्पा किदुगको स्वस्थ्य तथा शिक्षा विभागको विभागीय प्रमुख मिङमार दोर्जी शेर्पाको संयोजकत्वमा भएको रक्तदान कार्यक्रममा ८० जना सहभागी मध्ये कोभिड विरुद्धको खोप भर्खरै लगाएको कारण ३० जनाले रक्तदान दिएको थियो ।

हिजोको दिनमा रेडक्रसबाट मात्र यस्ता अभियान सञ्चालन भैरहेकोमा अहिले विभिन्न संघसंस्थाको समेत सहभागितामा रक्तदान कार्यक्रमको आयोजना गरि रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थिति अन्त्य गर्न ठुलो टेवा पुग्ने आयोजकहरूले बताउनुभयो।

आयोजक संस्थाकाे अध्यक्षले मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने नारा सहित सञ्चालन भएको उक्त रक्तदान कार्यक्रममा सक्रियताका साथ सहभागी भै रक्तदान गर्नु हुने विभिन्न समाजसेवी व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गर्दै निरन्तर साथ सहयोग र सहकार्यको लागि अपिल गरेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *