रातोतारा युवा क्लब गुम्देलले २० हजार १ सय ५ रुपैया, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने सान्त्वना हुने आयोजक बी कुम्बुकास्थालीले १० हजार १ सय ५ रूपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको थियो । साथै राष्ट्रिय स्तरको कलाकारहरूद्वारा बृहत साँस्कृतिक कार्यक्रम गरिएको थियो ।
उक्त खेलकुद तथा संस्कृति कार्यक्रममा लोक साँस्कृतिक सम्बन्धि नृत्य प्रतियोगिता पनि सञ्चालन गरिएको थियो जसमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समुहलाई क्रमश २० हजार, १५ हजार, १० हजार र ५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियोे ।
कार्यक्रममा जनप्रतिनिधि, राजनीति दल, विभिन्न संघ संस्थाको प्रतिनिधि लगायत आम सर्वसाधारण नागरिकहरूको बाक्लो उपस्थित रहेका थिए।