Loading

बुद्ध जयन्तीको अवसरमा उमाकुण्डमा धार्मिक महोत्सव हुदै

बुद्ध जयन्तीको अवसरमा उमाकुण्डमा धार्मिक महोत्सव हुदै

१९ बैशाख रामेछाप । रामेछापको उमाकुण्ड-१, गुम्देलको प्राकृतिक बौद्धमा धार्मिक महोत्सव हुने भएको छ । ‘उमाकुण्डको विकास हाम्रो शान, प्राकृतिक बौद्ध हाम्रो पहिचान’ भन्ने नाराका साथ लामा धर्मगुरुहरूद्वारा धार्मिक महोत्वस संचालन गरिने भएको छ ।

लिखु नदीको संगम स्थलको रूपमा उमाकुण्ड गाउँपालिका वडा नं. १, गुम्देलकाे लाछेवरमा रहेको पवित्रा तीर्थास्थल प्राकृतिक बौद्ध काङ्ग छ्योर्तेनमा प्राकृतिक बौद्ध संरक्षण तथा ब्यवस्थापन समितिकाे प्रवर्धनमा धार्मिक महोत्वस गर्न लागेको हो ।

धार्मिक महोत्वस यही जेठ २ गते बुद्ध जयन्तीको अवसरमा संचालन हुने आयोजकले बताएको छ । महोत्सवलाई सम्भावता पर्यटन मन्त्रीबाट उद्घाटन गरिने आयोजकको तयारी रहेको छ।

पर्यटन पर्वधनका लागि धार्मिक स्थलहरुको महत्वपूर्ण भूमिका रहने बताउदै आयोजकले पछिल्लो समयमा उमाकुण्ड गाउँपालिकामा केहि महत्वपूर्ण धार्मिक तथा प्राकृतिक स्थलहरु पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेकोले उमाकुण्ड गाउँपालिका र समग्र जिल्लाको विकास हुन नसकेकेा बताए । त्यसको विकास र प्रचारको लागि आफूहरुले पनि महत्वपूर्ण भूमिका खेल्ने आयोजकले बताए ।

धार्मिक महोत्वसमा परम पुज्य धर्मगुरू सङ्गसङ्ग रिन्पोछे, जटुल रिन्पोछे लगायतका लामा धर्मगुरूहरूले पुजा पाठ तथा प्रवचन गरिने भएको छ । ऐतिहासिक पवित्रा धार्मिक स्थल प्राकृतिक बौद्धको संरक्षण समितिले रामेछापको उत्तरी क्षेत्रको धार्मिक पर्यटन प्रबर्द्धन गर्न धार्मिक महोत्वस संचालन गर्न लागेको आयोजक समितिका अध्यक्ष वाङ्छु शेर्पाले बताए । धार्मिक महोत्सवले आन्तरिक तथा बह्या पर्यटक बढ्ने आयोजकले लक्ष्य लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *